बजाज चेतक इभी पहिलो पटक नेपालको कोरला सीमानाका पुगेको विद्युतीय स्कूटर

बजाज चेतक इभी पहिलो पटक नेपालको कोरला सीमानाका पुगेको विद्युतीय स्कूटर

बुधवार, साउन २१ २०८२
बुधवार, साउन २१ २०८२
  • बजाज चेतक इभी पहिलो पटक नेपालको कोरला सीमानाका पुगेको विद्युतीय स्कूटर

    काठमाण्डौ/ नेपालको विद्युतीय सवारी साधन क्षेत्रका लागि एक ऐतिहासिक क्षण सिर्जना गर्दै, बजाज चेतक इभी (Chetak EV) ले पहिलो पटक ४,६६० मिटर उचाइमा अवस्थित कोरला नाकासम्म सफल यात्रा सम्पन्न गरेको छ। 

    images
    images

    यो सफलता नेपालका उच्च हिमाली भूभागहरूमा गरिएको एक उच्च-उचाइ सहनशीलता परीक्षण अन्तर्गत प्राप्त गरिएको हो, जसले चेतक इभीको दमदार बनावट र अफ–रोड क्षमतालाई प्रमाणित गरेको छ।

    'लाइफप्रूफ' चेतक: शहरदेखि शिखरसम्म
    बजाज चेतक इभीको यो यात्रा नेपालकै सबैभन्दा अग्लो मोटरबाटोहरूमध्ये एक, कोरला नाकासम्म पुगेको पहिलो विद्युतीय दुई-पांग्रे सवारी बनेको छ। कठिन चढाइ, चिसो मौसम, र अप्ठ्यारा सडक पार गर्दै चेतक इभीले ‘Lifeproof’ इन्जिनियरिङ दर्शन अनुरूप आफ्नो क्षमताको उत्कृष्ट प्रदर्शन गरेको हो।

    परीक्षणका क्रममा यो स्कूटरले विभिन्न खालका भू–सतह पार गर्दै आफ्नो निम्न विशेषता प्रमाणित गर्‍यो:
    IP67 प्रमाणित सबै-मेटल शरीर, जसले पानी र धुलोबाट सुरक्षा दिन्छ
    १५३ किमीको प्रमाणित दायरा र स्मार्ट ब्याट्री म्यानेजमेन्ट प्रणाली
    की–लेस अपरेसन, जल–धूलो प्रतिरोधी बनावट, र TFT डिजिटल डिस्प्ले

    ‘नेपालकै भौगोलिक अवस्थाका लागि तयार-  अभिमन्यु गोल्छा, निर्देशक,  गोेल्छा समूह
    "कोरला पुग्नु केवल उचाइको परीक्षण होइन, यो भरपर्दो प्रविधिको प्रमाण हो। चेतक इभीले जुनसुकै भूगोलमा यात्रा गर्न सक्छ भन्ने कुरा यस सफल यात्राले देखाएको छ। हामी नेपालका लागि उपयुक्त ‘लाइफप्रूफ’ मोबिलिटी समाधान दिन प्रतिबद्ध छौँ।”

    उच्च उचाइमा विद्युतीय युगको सुरुवात
    कोरला सीमानाकासम्मको सफल यात्रा पश्चात् बजाज चेतक ३५०१ अब नेपालकै सबैभन्दा भरपर्दो, बलियो, र पहाडी मार्गका लागि उपयुक्त विद्युतीय स्कूटरका रूपमा स्थापित भएको छ। यो यात्राले नेपालमा विद्युतीय युगको नयाँ अध्याय सुरु गर्दै सुदृढ, भरपर्दो, र दिगो मोबिलिटी समाधान सम्भव छ भन्ने सन्देश दिएको छ।

    बजाज चेतक ३५०१ को बारेमा
    बजाज चेतक ३५०१ एक आधुनिक विद्युतीय स्कूटर हो, जसले शहरदेखि विकट मार्गसम्मको यात्रा सहज बनाउँछ। यसमा १५३ किमीको प्रमाणित दायरा, ५ इन्चको TFT टचस्क्रिन डिस्प्ले, ३५ लिटरको अन्डर-सिट स्टोरेज, ३ घण्टामा ८०% फास्ट चार्जिङ, तथा जीओ-फेन्सिङ, एक्सिडेन्ट डिटेक्सन र एन्टि–थिफ्ट सिस्टमजस्ता आधुनिक फिचरहरू छन्।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय