काठमाडौँ / कामना सेवा विकास बैंकले कमलादी, काठमाडौँस्थित स्काइवाल्क नेपालसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।
सो सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले स्काइवाल्क नेपालको टिकट रकममा २५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकको ग्राहकहरूले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरूले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।
उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट काठमाडौँ क्षेत्र प्रमुख केदारनाथ शर्मा र स्काइवाल्क नेपालका विभागीय प्रमुख दुष्यन्त ठाकुरले हस्ताक्षर गरेका छन् ।