नेपाल बैंकका कर्मचारी र ग्राहकहरूले अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरको सेवामा विशेष छुट पाउने

नेपाल बैंकका कर्मचारी र ग्राहकहरूले अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरको सेवामा विशेष छुट पाउने

मंगलवार, साउन २० २०८२
मंगलवार, साउन २० २०८२
  • नेपाल बैंकका कर्मचारी र ग्राहकहरूले अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरको सेवामा विशेष छुट पाउने

    काठमाडौँ / नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौँको नयाँ बानेश्वरस्थित अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रा.लि.मा विशेष छुट पाउने भएका छन् । 

    images
    images

    बैंकले अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरले प्रदान गर्ने स्वास्थ्य सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेसँगै बैंकका ग्राहक र कर्मचारीहरूले उक्त छुट पाउने भएका हुन् । 

    सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई प्याथोलोजि ल्यावको विविध सेवाको लागि निःशुल्क होम डेलिभरीको सुविधा सहित) र औषधी खरिदमा लाग्ने शुल्कहरूमा बिल रकमको ७ प्रतिशत देखि २० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।   

    सम्झौता पत्रमा मिति २०८२ साल श्रावण १९ गते बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरको तर्फबाट ल्याव निर्देशक डा. आभाष कोइरालाले हस्ताक्षर गरे । 

    यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरू डायग्नोस्टिक सेन्टरको ल्याबबाट प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्यसेवाबाट लाभान्वित हुन सक्नेछन् ।   

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय