सुदूरपश्चिम रोयल्स र मार्भल टेक्नोप्लास्टबीच सहकार्य, दोस्रो सिजनको एनपिएलका लागि एक्सिलेन्स पार्टनर घोषणा

सुदूरपश्चिम रोयल्स र मार्भल टेक्नोप्लास्टबीच सहकार्य, दोस्रो सिजनको एनपिएलका लागि एक्सिलेन्स पार्टनर घोषणा

मंगलवार, साउन १३ २०८२
मंगलवार, साउन १३ २०८२
  • सुदूरपश्चिम रोयल्स र मार्भल टेक्नोप्लास्टबीच सहकार्य, दोस्रो सिजनको एनपिएलका लागि एक्सिलेन्स पार्टनर घोषणा

    काठमाडौँ / सुदूरपश्चिम रोयल्स फ्रेन्चाइजले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)का लागि मार्भल टेक्नोप्लास्ट प्रालिलाई ‘एक्सिलेन्स पार्टनर’को रूपमा घोषणा गरेको छ।

    images
    images

    क्रिकेटमा बढ्दो व्यावसायिक सहभागिताका क्रममा यो सहकार्यलाई ऐतिहासिक कदमका रूपमा हेरिएको सुदूरपश्चिम रोयल्सले जनाएको छ । 

    सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले मार्भल जस्तो प्रतिष्ठित ब्रान्डसँग सहकार्य गर्न पाउनु गौरवको कुरा भएको बताए। 

    उनले भने, “पवन सरले विगतदेखि नै नेपाली क्रिकेटलाई साथ दिँदै आउनुभएको छ। मार्भल टेक्नोप्लास्ट जस्तो अग्रमोर्चाको कम्पनीसँगको सहकार्यले ल्एी लाई अझ उचाइमा पुर्‍याउने विश्वास लिएका छौँ।”

    खड्काले यो साझेदारीले अन्य व्यवसायिक समूहहरूलाई पनि नेपाली क्रिकेटमा लगानी गर्न प्रेरणा दिने विश्वास व्यक्त गरे।

    उनले थपे, “नेपालको नम्बर एक पाइप कम्पनी मार्भल टेक्नोप्लास्ट प्रालि र हाम्रो फ्रेन्चाइजबीचको यो सहकार्य निकै उपयुक्त भएको छ। हामी एनपिएलमार्फत मार्भल ब्रान्डलाई अझ सशक्त बनाउने प्रतिबद्धता जनाउँछौँ।”

    मार्भल टेक्नोप्लास्टका उपाध्यक्ष पवनकुमार सान्चेतीले नेपाल प्रिमियर लिगमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गरे। 

    उनले भने, “क्रिकेटले नेपालभर लाखौँ मानिसलाई जोड्ने र प्रेरित गर्ने काम गर्छ। नयाँ प्रतिभालाई साथ दिन पाउनु र नेपाली खेलप्रेमीहरूसँग गहिरो सम्बन्ध बनाउनु हाम्रो लागि गौरवको विषय हो।”

    सान्चेतीले मैदानभित्र र बाहिर सुदूरपश्चिम रोयल्सको सफलताको कामना गर्दै, “हिम्मतसाथ खेलौँ, ठूलो सपना देखौँ र नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याऔँ,” भन्ने सन्देशसमेत दिए।

    सुदूरपश्चिम रोयल्सले दोस्रो सिजनको तयारीलाई तीव्र बनाउँदै लगेको छ। फ्रेन्चाइजले सशक्त टिम निर्माणसँगै प्रायोजन र साझेदारी विस्तारमा समेत फोकस गरेको छ। 

    मार्भलसँगको यो सहकार्यले नेपाली क्रिकेटको व्यावसायिकता थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय