बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी बर्षाको सम्भावना

बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी बर्षाको सम्भावना

सोमवार, साउन १२ २०८२
सोमवार, साउन १२ २०८२
  • बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी बर्षाको सम्भावना

    काठमाडौँ / देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। गण्डकी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। 

    images
    images

    बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभाग एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

    मङ्गलबार देशका पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    मङ्गलबार राति देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका एक‍-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।  

    कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय