बाँसको टेबुल र कुर्सी बोकेर मेयर भट्टराई सर्वोच्च अदालत किन पुगे ?

बाँसको टेबुल र कुर्सी बोकेर मेयर भट्टराई सर्वोच्च अदालत किन पुगे ?

शुक्रवार, साउन ९ २०८२
शुक्रवार, साउन ९ २०८२
  • बाँसको टेबुल र कुर्सी बोकेर मेयर भट्टराई सर्वोच्च अदालत किन पुगे ?

    काठमाडौँं / दिक्त्तेल रूपाकोट मझुवागढी नगरपालिका खोटाङका नगरप्रमुख तीर्थराज भट्टराइले प्रधानन्यायधीश प्रकाशमान सिहं रावतलाई बाँसबाट तयार गरिएका सामग्रीहरू हस्तान्तरण गरेका छन् ।

    images
    images

    बाँसलगायतका स्थानीय सामग्रीको उपयोग गर्न नीति निर्माण र कार्यान्वयनका लागि नेपाल सरकारलाई निर्देशन दिनुपर्ने माग राख्दै शुक्रबार प्रधानन्यायधीशकै कार्यकक्षमा पुगेर बाँसका सामग्री हस्तान्तरण गरेका हुन् । सामग्रीमा कुर्सी र टेबल समावेश छन् ।

    बाँस र स्थानीय उत्पादनको प्रवद्र्धनमा संघीय सरकारले ऐन तथा कानुन नबनाएको भन्दै सांकेतिक रूपमा सत्याग्रह र भोक हडतालसम्मको कार्यक्रमसहित काठमाडौंमा रहेका प्रमुख भट्टराईले वुधबार सभामुख देवराज घिमिरेलाई भेटेर बाँसका सामग्री हस्तान्तरण गरेका थिए ।

    बाँसको सदुपयोगबाट स्थानीय स्तरमा साना घरेलु उद्योग सञ्चालन गरी विदेश पलायन हुने युवालाई स्वरोजगार बनाई आयआर्जनको बाटो खोल्न सकिने भएकाले यसका लागि सरकारले नीति निर्माण र कार्यान्वयन गर्नुपर्ने माग राख्दै आएका उनले ध्यानाकर्षण पत्र समेत बुझाएका थिए । सो क्रममा ंरावतले नयाँ सोच र अवधारणाको प्रशंसा गरे । 

    तपाईहरूको विचार एकदमै राम्रो र पवित्रपनि रहेछ । हामीले बाँसलाई माध्यम बनायौँ भने हस्तकलालाई समृद्ध बनाउन सक्छौँ । बाँसबाट बनेका जुन सामाग्रीहरू छन् ति बहुउपयोगी छन् ।

    बाँसबाट बनेका सामाग्रीलाई प्रवद्धर्न गर्न सक्यौं भने रोजगारी, राजस्व, प्राकृतिक विपत्तिका रोक्ने कुराहरूमा सहयोग पुर्याउन सकिन्छ । वन तथा वातावरण पर्यावरण अहिले तहस नहस बनाएको छ । अहिले गुणस्तरीय वस्तुमा सबै प्रदुषित बढेको छ । वनस्पतिदेखि मानिसको जीवन जोगाउन बाँसको आवश्यक छ,’ उनले अगाडि भने,‘बाँसको प्रयोगले ठाँउ अनुसार विभिन्न किसिमका सामाग्रीहरू बनाउन सकिन्छ ।’ 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय