गभर्नरको पहलमा बैंकिङ क्षेत्रको सुधार गर्न राष्ट्रियस्तरमा उपसमितिको गठन, एतिहासिक कदम – सिविफिन

गभर्नरको पहलमा बैंकिङ क्षेत्रको सुधार गर्न राष्ट्रियस्तरमा उपसमितिको गठन, एतिहासिक कदम – सिविफिन

शुक्रवार, जेठ ३० २०८२
शुक्रवार, जेठ ३० २०८२
  • images
    images
    गभर्नरको पहलमा बैंकिङ क्षेत्रको सुधार गर्न राष्ट्रियस्तरमा उपसमितिको गठन, एतिहासिक कदम – सिविफिन
    images
    images

    नेपालको बैंकिङ इतिहासमा पहिलोपटक बैंकिङ क्षेत्रको सुधारमा केन्द्रित रहेर राष्ट्रियस्तरमा उपसमितिको गठन भएको छ । 

    बैंकिङ क्षेत्रका वस्तुगत समस्या एवं चुनौतीहरुको पहिचान र ठोस समाधानसहितका सुझाव पेश गर्नका लागि गठित सुझाव समितिको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) स्वागत गरेको छ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नरको विशेष पहलमा उक्त समिति गठन भएको हो ।  


    सरोकारवालाहरुसँग सघन छलफल तथा संवाद गर्दै बैंकिङ क्षेत्रमा उत्पन्न समस्या एवं चुनौतीहरुको चुरोमा पुगेर वास्तविक वस्तुस्थिति बुझ्नका लागि नेपाल राष्ट्र बैंकबाट भइरहेको स्थलगत भ्रमण तथा अध्ययन,  व्यवस्थापन/ सुपरिवेक्षणलाई प्रभावकारी बनाउने र विगतका नीतिहरुको समीक्षा गर्ने, हालै जारी वित्त नीतिको मर्म, वर्तमान आवश्यकता एवं अपेक्षाका आधारमा समयसापेक्ष मौद्रिक नीति ल्याई अर्थतन्त्र र वित्तीय क्षेत्रका समस्याहरुको निदान गर्ने गरी गभर्नरबाट व्यक्त भएका दुरगामी अभिव्यक्ति तथा सो अनुसार चालिएका सुधारमुखी पहलहरुले मुलुक अब आर्थिक एवं बैंकिङ क्षेत्रको सुधार तथा दिगो विकासको युगमा प्रवेश गरेको छ भन्ने सिबिफिनले विश्वास लिएको जनाएको छ ।

     
    आर्थिक एवं बैंकिङ क्षेत्रमा गहिरो अध्ययन तथा फराकिलो ज्ञान तथा अनुभव हासिल गरेका केन्द्रीय बैंकभन्दा बाहिरका र निजीक्षेत्रको समेत अनुभव प्राप्त प्रतिष्ठित विषयविज्ञहरु समेत सम्मिलित उक्त सुझाव उपसमितिले अर्थतन्त्र र बैंकिङ क्षेत्रमा विकसित पछिल्ला घटनाक्रम, वस्तुनिष्ठ अवस्था, समस्या एवं चुनौतीसहित वित्तीय प्रणालीका वास्तविक पीडाबिन्दुका बारेमा सरोकारवालाहरुसँंगको छलफलबाट पहिचान गरी ठोस सुझाव दिने,  नियामकीय सुधार, प्रणालीगत परिवर्तनका लागि आधार तय गर्ने र नीति निर्माणका लागि मार्गदर्शन हुनेमा सिबिफिन पूर्ण विश्वस्त रहेको छ ।
     
    उपसमितिले गर्ने हरेक अध्ययन, अनुसन्धान, छलफल तथा संवादका प्रक्रियाहरुमा सामेल भइ खोजमूलक अध्ययनको आधारमा तर्कपूर्ण सुझावहरुको साथमा उपसमितिसमक्ष आवश्यक समन्वय, सहजीकरण र सहयोग गर्न तथा अभिभावकीय संस्था – नेपाल राष्ट्र बैंकले लिएका र लिने दुरगामी योजना तथा नीतिहरुको कार्यान्वयनमा अभिन्न सहयोगीको भूमिका निर्वाह गर्न सिबिफिन सधैं तयार भएको प्रतिबद्धता व्यक्त  गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com