काठमाडौं/ एसईई दिएर बसेका विद्यार्थीहरुलाई लाइफ कम्युटरको आयोजनामा पब्लिक स्पिकिङ तालिम युनिग्लोब कलेजको हलमा दिइएको छ । करिब ३ सय ५० विद्यार्थीहरु उक्त तालिमका लागि सहभागी दिए ।
उक्त कार्यक्रम युनिग्लोब कलेजको हलम कलेजसँगको सहकार्यमा तालिम सम्पन्न भएको हो । बोल्ने क्षमता विकास गर्नको लागि यस्तो कार्यक्रमको आयोजना गरिएको म्यानेजिङ डाइरेक्टर लक्ष्मी खत्रीले बताईन् । तालिम यहि जेठ १६ गते र २६ गते सम्मन्न तालिमले विद्यार्थीहरुलाई करिअर विकासको लागि महत्पूर्ण हुने उनले बताईन् ।
विगत लामो समयदेखि पब्लिक स्पिकिङ, कम्पयुटर ट्रेनिङ लगायत विविध तालिमहरु प्रदान गर्दै आइरहेको लाइफ कम्प्युटरले कम्युटर सचेतना तथा ज्ञान सीपका लागि पनि शैक्षिक संस्थाहरुसँगको सहकार्यमा विद्यार्थीहरुलाई सहभागी गराइन्छ ।
बोल्ने कला अहिलेको जेनेरेसनमा एकदमै आवश्यक रहेको सीइओ रमेश पोखरेलले बताए । आजको समाजमा बोली बिकाउनु एक उत्कृष्ट कला हो । यसैले विद्यार्थी जीवनमै बोल्ने कला सिकेर अघि बढ्नु राम्रो हुने उनको तर्क थियो । तालिममा विद्यार्थीहरुले रुचिपूर्वक सहभागी जनाएका थिए ।
लाईफ कम्युटरले नेपालको आइटी क्षेत्रलाई बृहत्तर विकास गर्दै विभिन्न तालिमहरुसँगै सीप विकासमा पनि सहयोग पुर्याउँछ ।
पूर्ण आइटी क्षेत्रको परिकल्पना गरेको यस लाइफ कम्प्युटरले अझै धेरै कार्यक्रमहरु लिएर विद्यार्थीहरुलाई सुचना र प्रविधिको ज्ञान दिइदै आएको छ । कार्यक्रममा युनिग्लोब कलेजका डाइरेक्टर डिल्लीराम उप्रेतीलगायत विभिन्न व्यक्तित्वहरु सहभागी थिए । डाइरेक्टर उप्रेतीले कार्यक्रममा विद्यार्थीहरुले कलेज छान्दा यस्ता कार्यक्रमले भ्यालु दिने बताए । छनोट गर्ने बोल्ने विकास हुने उनले बताए ।
तालिममा टे«नर तथा पब्लिक स्पिकर आदेश काफ्ले, स्तुति खनाल थिए ।
विशेष गरी लाइफ कम्युटरमा एसईई दिएर बसिरहेका विद्यार्थीहरुले फाइदा लिन सक्नेछन् । यस्तैगरी कम्युटर, वेभसाइट, डिजाइनलगायत क्षेत्रमा आफूलाई दक्ष बनाउन बागबजार मूख्य कार्यलय तथा लालितपुरको कुमारीपाटी, सोह्खुट्टे लगायत शाखाबाट पनि सेवा लिन सक्नेछन् ।
विद्यार्थीको सकृयता उत्कृष्ट थियो । उनीहरुले पब्लिक स्पिकिङ तालिममा स्वतः स्फूत आफ्नो भाषण कला देखाएका थिए । लाइफ कम्पयूटरको विभिन्न शाखामा गरी एक हजार विद्यार्थीहरु अध्ययनरत छन् ।