‘टेक एण्ड पे’को प्रावधान नसच्याए जलविद्युत आयोजनाका पावर हाउस बन्द गर्ने इप्पानको चेतावनी

‘टेक एण्ड पे’को प्रावधान नसच्याए जलविद्युत आयोजनाका पावर हाउस बन्द गर्ने इप्पानको चेतावनी

बिहिवार, जेठ २२ २०८२
बिहिवार, जेठ २२ २०८२
  • ‘टेक एण्ड पे’को प्रावधान नसच्याए जलविद्युत आयोजनाका पावर हाउस बन्द गर्ने इप्पानको चेतावनी

    काठमाडौँ / स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले सरकारले बजेटमा ‘टेक एण्ड पे’को प्रावधान नसच्याए पावर हाउस बन्द गर्ने चेतावनी दिएका छन् । 

    images
    images

    बजेटमा सार्वजनिक ‘टेक एण्ड पे’पीपीएको प्रावधानविरुद्ध बिहीबार काठमाडौँमा भएको भेलामा अध्यक्ष कार्कीले यस्तो बताएका हुन्  । कार्यक्रममा बोल्दै उनले सडकमा आन्दोलन नगरी पावर हाउस बन्द गर्ने र बिजुली बन्द गर्नेसम्मको चेतावनी दिए ।

    “हामीले सडकमा आन्दोलन गर्न नसके पावर हाउस बन्द गर्ने अवस्था आउँछ”उनले भने ।  मुलुकमा ८० प्रतिशत बिजुली उत्पादन गरेको निजी क्षेत्रलाई सरकारले सिध्याउन खोजेको उनले आरोप लगाए । उनले भने “उत्पादन गर्ने दिने होइन प्राधिकरण बन्द हुने अवस्था आउन सक्छ ।” 

    उनका अनुसार सरकारले उत्पादन र खपतको सन्तुलनमा मात्र आधारित भएर ‘टेक एन्ड पे’विधिमार्फत विद्युत् खरिद सम्झौता (पीपीए)गर्ने नीतिले दीर्घकालीन ऊर्जा विकासमा गम्भीर असर पार्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय