पश्चिमी, स्थानीय र मनसुनी वायु प्रभाव : मेघगर्जन र चट्याङसहित बर्षाको सम्भावना कहाँ कहाँ छ ?

पश्चिमी, स्थानीय र मनसुनी वायु प्रभाव : मेघगर्जन र चट्याङसहित बर्षाको सम्भावना कहाँ कहाँ छ ?

सोमवार, जेठ १९ २०८२
सोमवार, जेठ १९ २०८२
  • पश्चिमी, स्थानीय र मनसुनी वायु प्रभाव : मेघगर्जन र चट्याङसहित बर्षाको सम्भावना कहाँ कहाँ छ ?

    काठमाडौँ / देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ। यस वर्षको मनसुन गत बिहीबार रातीबाट नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भूभागमा विस्तार भएको छ। 

    images
    images

    आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्चपहाडी तथा हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षा र  हिमपातको सम्भावना रहेको छ।

    आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्चपहाडी तथा हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षा र  हिमपातको सम्भावना रहेको छ।

    मङ्गलबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    देशको उच्चपहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र  हिमपातको सम्भावना रहेको छ। मङ्गलबार राति लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहनेछ। 

    लुम्बिनी  प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय