नवनियुक्त गभर्नर पौडेल अयोग्य छन्, कानुन विपरित नियुक्ति दिइयो : ज्ञानेन्द्र शाही

नवनियुक्त गभर्नर पौडेल अयोग्य छन्, कानुन विपरित नियुक्ति दिइयो : ज्ञानेन्द्र शाही

बुधवार, जेठ ७ २०८२
बुधवार, जेठ ७ २०८२
  • images
    images
    नवनियुक्त गभर्नर पौडेल अयोग्य छन्, कानुन विपरित नियुक्ति दिइयो : ज्ञानेन्द्र शाही
    images
    images

    काठमाडौँ / बुधबार बसेको अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो (संशोधन विधेयक),२०८० का सम्बन्धमा छलफल भएको छ ।

    अर्थ समितिको बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो (संशोधन विधेयक),२०८० का विषयमा विज्ञ र सरोकारवालासँग छलफल गरेको हो । 

    उक्त छलफलमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति कानुन विपरीत गरेको बताएका छन् । उनले नवनियुक्त गभर्नर विश्व पौडेल गभर्नर बन्न अयोग्य रहेको बताएका हुन् । 

    उनले भने, “यही समितिको कुरा हो गभर्नर । यही समितिमा म माग गर्दछु संसदीय समिति बनाइयोस् छानविन गराइयोस् । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर कानुन विपरीत नियुक्त गरेको छ । कानुनी रूपमा गभर्नर नियुक्त छ कि छैन भनेर  छानविन समिति बनाइनुपर्छ ।” 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com