गभर्नर नियुक्तिमा विश्व पौडेललाई सर्वोच्चको हरियो झन्डा

गभर्नर नियुक्तिमा विश्व पौडेललाई सर्वोच्चको हरियो झन्डा

मंगलवार, जेठ ६ २०८२
मंगलवार, जेठ ६ २०८२
  • गभर्नर नियुक्तिमा विश्व पौडेललाई सर्वोच्चको हरियो झन्डा

    काठमाडौँ / सर्वोच्च अदालतले अर्थशास्त्री डा. विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर बन्न कानुनी बाटो खुला गरिदिएको छ। न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले मंगलबार एक निर्णयमार्फत पौडेलको नियुक्ति रोक्ने प्रयासस्वरूप दायर गरिएको रिटलाई खारेज (दरपिठ) गर्ने अघिल्लो आदेशलाई सदर गरेको हो।

    images
    images

    अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले डा. पौडेललाई गभर्नर नियुक्त गर्न नहुने माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। तर, गत शुक्रबार सर्वोच्च प्रशासनले उक्त रिटलाई दरपिठ गरेपछि कानुनी रूपमा उनी गभर्नर बन्न अयोग्य नरहेको प्रष्ट भएको हो।

    दरपिठको आदेश बदर गर्न माग गर्दै अधिवक्ताद्वयले सोमबार पुनः इजलासमा निवेदन पेस गरे पनि मंगलबारको निर्णयले अघिल्लो आदेशलाई नै कायम राख्दै त्यसलाई खारेज गर्‍यो।

    यससँगै गभर्नर नियुक्तिको कानुनी बाधा हटेको छ भने राजनीतिक रूपमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पौडेललाई नै गभर्नर बनाउने सहमति पहिले नै भइसकेको छ।

    अब सिफारिस समिति र मन्त्रिपरिषद् बैठकको प्रक्रिया पूरा भएपछि डा. पौडेल नेपाल राष्ट्र बैंकको १८औँँ गभर्नर बन्नेछन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय