गभर्नर सिफारिस समिति बैठक सुरु, आजै मन्त्रिपरिषद्ले निर्णय गर्ने

गभर्नर सिफारिस समिति बैठक सुरु, आजै मन्त्रिपरिषद्ले निर्णय गर्ने

मंगलवार, जेठ ६ २०८२
मंगलवार, जेठ ६ २०८२
  • गभर्नर सिफारिस समिति बैठक सुरु, आजै मन्त्रिपरिषद्ले निर्णय गर्ने

    काठमाडौँ / नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिको बैठक आज मंगलबार अर्थ मन्त्रालयमा सुरु भएको छ। समितिको संयोजकत्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गरेका छन्।

    images
    images

    बैठकमा गभर्नर पदका लागि तीन जनाको नाम सिफारिस गरिने तयारी भएको स्रोतले जनाएको छ। यद्यपि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच प्रा.डा. विश्व पौडेललाई नै गभर्नर बनाउने सहमति भइसकेकाले अन्ततः उनी नै सिफारिस हुने प्रवल सम्भावना छ।

    गभर्नर सिफारिस समितिमा संयोजक अर्थमन्त्री पौडेलका साथै पूर्व गभर्नर महाप्रसाद अधिकारी र अर्थशास्त्री पोषराज पाण्डे सदस्य रहेका छन्।

    नेपाल राष्ट्र बैंकको गभर्नर पद चैत २४ गतेदेखि रिक्त छ। त्यसयता अर्थमन्त्री पौडेलले डेपुटी गभर्नर नीलम ढुंगानालाई कार्यवाहक गभर्नरको जिम्मेवारी दिएका थिए।

    सिफारिस समितिको बैठकपछि आजै साँझ मन्त्रिपरिषद्को बैठक बस्नेछ। सो बैठकबाट पौडेलको औपचारिक नियुक्ति गरिने तयारी छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय