विश्व पौडेल गभर्नर बन्ने पक्का !

विश्व पौडेल गभर्नर बन्ने पक्का !

पूर्व राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत रहेका प्रा.डा. पौडेल केही समयअघि गभर्नर सिफारिस समितिका सदस्य थिए।

मंगलवार, जेठ ६ २०८२
मंगलवार, जेठ ६ २०८२
  • विश्व पौडेल गभर्नर बन्ने पक्का !

    काठमाडौँ / नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरको नियुक्त गर्न सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसबिच सहमति जुटेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मङ्गलबार बालुवाटारमा भएको छलफलमा डा. विश्व पौडेललाई गभर्नर बनाउन सहमति भएको हो । 

    images
    images

    गभर्नर नियुक्तिको विषयलाई लिएर कांग्रेस र एमालेबीच केही समयदेखि रस्साकस्सी चलिरहेको थियो। छलफलमा देउवाले गभर्नर नियुक्तिको विषय नलम्ब्याउन ओलीलाई भनेका थिए । 

    अन्ततः प्रधानमन्त्री ओली कांग्रेसले अघि सारेका उम्मेदवार पौडेललाई नै गभर्नर बनाउन सहमत भएको स्रोतले जनाएको छ । सहमतिको आधारमा आजै गभर्नर सिफारिस समितिको बैठक बस्नेछ, जसले प्रा.डा. पौडेलको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ। 

    सो सिफारिसका आधारमा आजै साँझ बस्ने मन्त्रिपरिषद् बैठकबाट औपचारिक नियुक्ति हुने बताइएको छ। यसअघि सोमबार नै मन्त्रिपरिषद् बैठक राखेर गभर्नर नियुक्तिको प्रक्रिया अघि बढाउने तयारी गरिएको थियो। 

    तर प्रधानमन्त्री ओली अस्वस्थ भएपछि सो बैठक स्थगित गरिएको थियो। त्यसपछि कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको निवासमा गृहमन्त्री रमेश लेखक, महामन्त्री गगन थापा लगायत नेताहरूबीच परामर्श भएको थियो।

    पूर्व राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत रहेका प्रा.डा. पौडेल केही समयअघि गभर्नर सिफारिस समितिका सदस्य थिए। तर गभर्नर पदका लागि कांग्रेसले उनलाई औपचारिक रूपमा अघि सारेपछि उनले समितिबाट राजीनामा दिएका थिए।

    अब सिफारिस समितिको बैठक र मन्त्रिपरिषद्को निर्णयपछि पौडेलको नियुक्ति औपचारिक हुनेछ। मन्त्रिपरिषद्को निर्णयपछि पौडेल नेपाल राष्ट्र बैंकको १८औँ गभर्नर बन्नेछन् । 

    निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको पदावधि चैत २४, २०८१ मै सकिएपछि राष्ट्र बैंकको गभर्नर पद खाली रहेको छ ।  सरकारले कायममुकायम गभर्नर बरिष्ठ डेपुटी गभर्नर नीलम ढुङ्गानालाई तोकेको छ । 

    संसद्को ठुला दुई दल मिलेर बनेको सरकारको अलमलका कारण गभर्नर नियुक्तिमा ढिलाइ हुन पुगेको हो । जबकि राष्ट्र बैंकको ऐनमा ‘पद  रिक्त हुनु एक महिनाअघि’ नै गभर्नर नियुक्त गर्नुपर्ने व्यवस्था छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय