युद्ध अन्त्य गर्न युक्रेनी र रुसी प्रतिनिधिमण्डल सहमति नजिक

युद्ध अन्त्य गर्न युक्रेनी र रुसी प्रतिनिधिमण्डल सहमति नजिक

शनिवार, जेठ ३ २०८२
शनिवार, जेठ ३ २०८२
  • images
    images
    युद्ध अन्त्य गर्न युक्रेनी र रुसी प्रतिनिधिमण्डल सहमति नजिक
    images
    images

    युक्रेनमा जारी युद्ध अन्त्य गर्न युक्रेनी र रुसी प्रतिनिधिमण्डलले दुई घन्टा वार्ता गरेका छन् । शुक्रबार टर्कीको इस्तानबुलमा वार्ता भएको हो । उक्त वार्तापछि युक्रेनी रक्षामन्त्री रुस्तम उमरोभले दुवै देशले एक–एक हजार युद्धबन्दी रिहा गर्न सहमत भएको जानकारी दिएका छन् ।

    उनले भने, ‘हामीले युद्धविराम र मानिसहरू आदानप्रदानका विषयमा छलफल ग¥यौँ । एक हजार मानिस (युद्धबन्दी) रिहाइ गर्ने सहमति हाम्रो बैठकको परिणाम हो ।’

    दुबै पक्षले चाँडै नै सम्भावित युद्धविरामको बारेमा आफ्नो विस्तृत विचार प्रस्तुत गर्ने जनाएका छन् र त्यसपछि वार्ता अगाडि बढ्नेछ । सो क्रममा युक्रेनले दुई राष्ट्रपतिहरू बीच प्रत्यक्ष वार्ताको प्रस्ताव गरेको थियो ।

    युक्रेनी पक्षले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता होस् भनेर अनुरोध गरेको थियो । 

    युक्रेनी रक्षामन्त्री रुस्तेम उमरोभलाई उद्धृत गर्दै सरकारी अनाडोलु एजेन्सीले दुवै पक्षले तीन प्रमुख विषयहरूमा ध्यान केन्द्रित गरेको बताएका छन् ।  युद्धविराम, कैदी आदानप्रदान र भविष्यमा हुने राष्ट्रपति शिखर सम्मेलनको सम्भावना रहेको जनाइएको छ ।

    वार्ताको अध्यक्षता गर्ने टर्कीका विदेशमन्त्री हाकान फिदानले बैठकले विश्वास निर्माण गर्ने र भविष्यका वार्ताहरूको जग बसाल्ने उद्देश्यले धेरै महत्त्वपूर्ण परिणामहरू निकालेको बताएका छन् ।

    आइतबार पुटिनले युक्रेनसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने प्रस्ताव गरेपछि इस्तानबुल वार्ता हुँदैछ । जेलेन्स्कीले पहिले नै पुटिनसँग प्रत्यक्ष भेटघाटको लागि खुला रहेको बताएका थिए । 

    यद्यपि, क्रेमलिनले पुटिनले वार्तामा भाग नलिने बताएको छ । युक्रेन र रुसबीचको अन्तिम प्रत्यक्ष वार्ता मार्च २०२२ मा इस्तानबुलमा भएको थियो । (सीसीटीभीप्लस)

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com