images
Logo
images

नेपाल लाइफले मनायो २४औँ वार्षिकोत्सव, रक्तदान र स्वास्थ्य शिविर सञ्चालन

नेपाल लाइफले मनायो २४औँ वार्षिकोत्सव, रक्तदान र स्वास्थ्य शिविर सञ्चालन

मंगलवार, बैशाख २३ २०८२
मंगलवार, बैशाख २३ २०८२
  • नेपाल लाइफले मनायो २४औँ वार्षिकोत्सव, रक्तदान र स्वास्थ्य शिविर सञ्चालन

    काठमाडौँ / नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २४औँ वार्षिकोत्सव देशव्यापी रूपमा विभिन्न कार्यक्रम गरि मनाएको छ ।

    images
    images

    वार्षिकोत्सवको अवसरमा कम्पनीले देशको १० स्थानबाट रक्तदान कार्यक्रम, काठमाडौँमा निःशुल्क स्वास्थ्य शिविर तथा देशभर विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको थियो । 

    कम्पनीले देशको सातै वटा प्रदेशमा रक्तदान कार्यक्रम मार्फत कोशी प्रदेशको इटहरीमा ५६, मधेश प्रदेशको बिरगञ्जमा ३०, बागमती प्रदेशको काठमाडौँमा ८२, गण्डकी प्रदेशको पोखरामा ६१ र कावासोतीमा ३९, लुम्बिनी प्रदेशको बुटवलमा ३०, भैरहवामा ३० र नेपालगञ्जमा २५, कर्णाली प्रदेशको सुर्खेतमा ३१ र सुदुरपश्चिम प्रदेशको टीकापुरमा २८ गरी कुल ४१२ पिन्ट रगत सङ्कलन गरेको छ । 

    यसका साथै कम्पनीले केन्द्रीय कार्यालयमा २ दिने निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरेको छ ।

    सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनी आफ्नो चौबीसौँ वर्ष पूरा गरी पच्चीसौँ वर्षमा प्रवेश गरेको सुखद् उपलक्ष्यमा मार्गनिर्देशन प्रदान गर्ने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरू, सेयरधनीहरू, सम्पूर्ण ग्राहकहरू, कम्पनीको मेरूदण्डका रूपमा रहेका अभिकर्ताहरू, आरोह अवरोहमा साथ दिने कर्मचारीहरू, नियामक निकायहरूका साथै सबै सरोकारवालाहरूमा धन्यवाद तथा शुभकामना व्यक्त गरे ।

    त्यस्तै, उनले आगामी दिनमा सबैको माया, विश्वास र सहकार्य संस्थाले पाइरहने अपेक्षा रहेको बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय