त्रिवि क्रिकेट मैदानलाई आधुनिकस्तरको बनाइने

त्रिवि क्रिकेट मैदानलाई आधुनिकस्तरको बनाइने

शुक्रवार, बैशाख १९ २०८२
शुक्रवार, बैशाख १९ २०८२
  • images
    images
    त्रिवि क्रिकेट मैदानलाई आधुनिकस्तरको बनाइने
    images
    images

    काठमाडौँ  सरकारले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई आधुनिकस्तरको क्रिकेट मैदानमा रूपान्तरण गर्ने भएको छ ।
     
    शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले त्रिवि क्रिकेट मैदानलाई आधुनिकस्तरको क्रिकेट मैदानमा रूपान्तरण गरिने बताएका हुन् ।

    उनले भने, ‘रंगशाला लगायतका खेलकुद पूर्वाधार निर्माणमा तीन तहका सरकार र निजी तहको सहकार्यमा गरिने व्यवस्था मिलाइनेछ । त्रिभुवन विश्व विद्यालय क्रिकेट मैदानलाई आधुनिकस्तरको क्रिकट मैदानमा रूपान्तरण गरिने छ ।’  

    साथै उनले खेलकुद पूर्वाधारको विकासमा तीन तहको सरकार तथा निजी क्षेत्रलाई पनि संलग्न गराउने बताए । खेलकुद क्षेत्रलाई निजी क्षेत्रको सामाजिक उत्तरदायित्वसँग जोडेर कार्यक्रम बनाइने उनले बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com