बिआरआई ऐतिहासिक र बहुआयामिक योजना भएको कांग्रेस नेतृ सुजाता कोइरालाको दावी

बिआरआई ऐतिहासिक र बहुआयामिक योजना भएको कांग्रेस नेतृ सुजाता कोइरालाको दावी

मंगलवार, चैत २६ २०८१
मंगलवार, चैत २६ २०८१
  • बिआरआई ऐतिहासिक र बहुआयामिक योजना भएको कांग्रेस नेतृ सुजाता कोइरालाको दावी

    काठमाडौँ / नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले बिआरआई चीनबाट अगाडि सारेको ऐतिहासिक, बहुआयामिक योजना भएको बताएकी छन् ।

    images
    images

    मंगलबार काठमाडौँमा फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपालले आयोजना गरेको कार्यक्रममा उनले चीनबाट अगाडि सारेको बहुआयामिक योजना बिआरआइले आर्थिक विकास, पूर्वाधार विस्तार तथा अन्तराष्ट्रिय साझेदारीलाई प्रवद्र्धन गर्ने लक्ष्य राखेको बताइन् । 

    उनले भनिन्, “आजको यो कार्यक्रम केवल पुस्तक प्रकाशन मात्र नभएर नेपाल लगायत विश्वभरका राष्ट्रहरूको सहयोग, समृद्धि र दिगो विकासको मार्गचित्र प्रस्तुत गर्ने महत्वपूर्ण अवसर पनि हो । बिआरआई चीनबाट अगाडि सारेको ऐतिहासिक, बहुआयामिक योजना हो । यसले आर्थिक विकास, पूर्वाधार विस्तार तथा अन्तराष्ट्रिय साझेदारीलाई प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ ।”  

    यस्तै, उनले चीनको नेतृत्वमा अगाडि बढि रहेको यो प्रयोजनाले भौतिक तथा आर्थिक पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने भन्दै नेपाल जस्तो भूपरिवेस्थित राष्ट्रका लागि अन्तराष्ट्रिय व्यापार मार्गहरूमा पहुँचको लागि पनि सहज हुने बताइन् ।

    उनले भनिन्, “नेपालका लागि बिआरआई एउटा राम्रो अवसर हो । चीनको नेतृत्वमा अगाडि बढि रहेको यो प्रयोजनाले हाम्रो भौतिक तथा आर्थिक पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पु¥याउन सक्छ । नेपाल जस्तो भूपरिवेस्थित राष्ट्रका लागि अन्तराष्ट्रिय व्यापार मार्गहरुमा पहुँच आवश्यक छ । बिआरआईले यस सन्दर्भमा सहजता प्रदान गर्न सक्छ ।” 
     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय