यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

मंगलवार, चैत १९ २०८१
मंगलवार, चैत १९ २०८१
  • images
    images
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
    images
    images

    काठमाडौं/  नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालयहरूलाई निर्देशन दिँदै नीति तथा विकासका महत्वपूर्ण निर्णयहरू पारित गरेको छ।

    बैठकमा अर्थ, कृषि, न्याय, पर्यटन, स्वास्थ्य लगायतका क्षेत्रसँग सम्बन्धित विभिन्न नीतिगत निर्णयहरू गरिएका छन्। त्यस्तैगरी काठमाडौं नेपाल सरकार मन्त्रिपरिषद्ले विभिन्न मन्त्रालयहरूका महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ। 

    बैठकमा भूमि व्यवस्था, युवा तथा खेलकुद, रक्षा, वन तथा वातावरण, संस्कृति, स्वास्थ्य, तथा सामाजिक न्याय सम्बन्धी विषयहरूमा नीतिगत निर्णयहरू पारित गरिएका छन्।


    सरकारले आर्थिक वर्ष २०७८/ ७९ देखि २०७९/ ८० सम्मका लागि प्रदेश तथा स्थानीय तहलाई वितरण गरिने राजस्व बाँडफाँडको विवरण स्वीकृत गरेको छ । यस्तैगरी प्रहरी अस्पतालका लागि आर्थिक सहायता प्रदान गर्ने निर्णय पनि गरेको छ । 

    नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृतमा नयाँ नियुक्ति, नेपालमा अन्तर्राष्ट्रिय कृषि मेला आयोजना गर्ने, कृषि तथा पशुपन्छी अनुसन्धानमा नयाँ प्रविधि भित्र्याउने योजना लगायतमा सरकारले निर्णय गरेको जनाएको छ । 

    पर्यटन अन्तर्गत नेपालको पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय तहमा समझदारीपत्र ९ःयग्० गर्ने भनिएको छ । 


    सरकारी नाममा रहेका सम्पूर्ण जिल्लाका सार्वजनिक जग्गाहरूको संरक्षण तथा व्यवस्थापन गर्न भूमि बैंक स्थापना गर्ने भएको छ । यस्तैगरी राष्ट्रिय विपत्तिमा विद्युत् प्रसारण लाइन व्यवस्थापनका लागि तत्कालीन आवश्यक तयारी गर्ने पनि सरकारले भनेको छ । 

    मन्त्रिपरिषदको निर्णय अनुसार सौर्य ऊर्जा प्रवर्द्धनका लागि १.७५ हेक्टर सरकारी जग्गा उपयोग गर्ने निर्णय भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com