भारतबाट आउन थाल्यो थप १०६ मेगावाट विजुली, औद्योगिक क्षेत्रमा आपूर्ति सहज हुने

भारतबाट आउन थाल्यो थप १०६ मेगावाट विजुली, औद्योगिक क्षेत्रमा आपूर्ति सहज हुने

शनिवार, चैत १६ २०८१
शनिवार, चैत १६ २०८१
  • भारतबाट आउन थाल्यो थप १०६ मेगावाट विजुली, औद्योगिक क्षेत्रमा आपूर्ति सहज हुने

    काठमाडौँ  / नेपालमा छिमेकी मुलुक भारतबाट थप ४०६ मेगावट विद्युत् आयात हुन थालेको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार नेपाल र भारतबिच थप चार घण्टा विद्युत् दिने सहमति भएसँगै ४०६ मेगावाट विद्युत् आउन थालेको हो । 

    images
    images

    शनिबार बिहान ६ देखि साँझ ५ बजेसम्म मात्रै आयात भइरहेको थियो । अब राति ११ बजेदेखि बिहान ४ बजेसम्म पनि विद्युत् उपलब्ध हुने प्राधिकरणले जनाएको छ । 

    यसअघि दैनिक १२ घण्टा बिजुली आयात गर्दै आएको प्राधिकरणले शुक्रबारदेखि १६ घण्टासम्म आयात गर्न पाउने भएको हो । 

    प्राधिकरणका प्रवक्ता राजभाई शिल्पकारका अनुसार बिहीबार राति १२ बजेदेखि नै भारतबाट विद्युत् आउन सुरु गरेको हो । राति १२ बजेदेखि बिहान ४ बजेसम्म बिजुुली आएको उनले बताए । 

    थप ४०६ मेगावाट विद्युत्को आयातसँगै उद्योग क्षेत्रमा आपूर्ति व्यस्था सहज हुने उनले जानकारी दिए। आयातित विद्युत् ढल्केबर–मुजप्फरपुर प्रसारण लाइनबाट ल्याइने छ। 

    भारतले चार सय केभी ढल्केबर–मुजप्फरपुरबाट छ सय र टनकपुर–महेन्द्रनगर प्रसारण लाइनबाट ५४ मेगावाट गरी कुल ६५४ मेगावाट बिजुली आयात गर्ने अनुमति दिएको छ । प्राधिकरणले हिउँदमा बिजुली उत्पादन कम हुने भएकाले आन्तरिक माग धान्न भारतबाट आयात गर्दै आएको छ । 

    गत मङ्सिरमा हिउँदमा बिजुली आयात गर्ने अनुमति दिँदा भारतले चैत २ सम्म दिनको २० घण्टा र चैत ३ देखि आगामी असार १६ सम्म सोलार आवर (बिहान ६ देखि साँझ ६ बजेसम्म) मात्रै आयात गर्ने अनुमति दिएको थियो । चैत ३ यता प्राधिकरणले दैनिक १२ घण्टा बिजुली आयात गर्दै आएको छ ।

    इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेडको डे–अहेड र रियल टाइम बजारमा प्रतिस्पर्धामार्फत नेपालले बिजुली खरिद गर्दै आएको छ । 

    यस अनुसार खरिद गर्ने अघिल्लो दिन नै मूल्य र परिमाणसहित ‘बिडिङ’ हुन्छ । आइएक्सबाट हालसम्म दिउँसो साढे पाँच सय मेगावाटसम्म आयात हुँदै आएको छ । 

    नेपाल–भारत विद्युत् आदानप्रदान समितिबाट पनि नेपालले बिजुली आयात गर्दै आएको छ  । पिइसीमार्फत ३५० मेगावाट आयात गर्न पाइने भए पनि नेपालले दुई सय मेगावाट मात्र ल्याउने गरेको छ । 

    हाल भारतले आगामी जुन ३० सम्मका लागि इन्डियन इनर्जी एक्सचेन्जबाट सोलार आवरमा एक हजार चार मेगावाट विद्युत् उपलब्ध गराउँदै आएको थियो ।

    भारतले गत १५ मार्चदेखि सन् आवर अर्थात् बिहान ६ देखि साँझ ५ बजेसम्म मात्रै नेपाललाई विद्युत् उपलब्ध गराउने गरी यसअघि स्वीकृति दिएको थियो । 

    अगामी १ अप्रिलदेखि अब राति ११ देखि बिहान ४ बजेसम्म छ सय मेगावाट विद्युत् आयात गर्न पाइने भएको हो । 

    रातको समयमा विद्युत् आयात गर्न पाउँदा त्यस अवधिमा पिकिङ रन अफ दी रिभर आयोजनाहरू बन्द गरी पानी जम्मा गर्न सकिने र त्यस्तो विद्युत् पिक आवरमा उत्पादन गर्न सकिने छ ।

    उद्योगीका अनुसार औद्योगिक क्षेत्रमा दैनिक १२ घण्टासम्म लोडसेडिङले औद्योगिक उत्पादनमा ५० प्रतिशतले कमी आएको छ ।

     थप बिजुुली आएसँगै औद्योगिक क्षेत्रमा आपूूर्तिमा सहज हुने छ । सिमेन्ट उत्पादक सङ्घ, स्टिल उत्पादक र धागो उत्पादक सङ्घले हालै पत्रकार सम्मेलन गरेर लामो लोडसेडिङका कारण औद्योगिक क्षेत्रमा ठुलो असर परेको बताएका थिए ।

     भारतबाट थप बिजुली आयात भएसँगै औद्योगिक क्षेत्रका लागि बिजुली आपूर्ति सुनिश्चित भएको भन्दै सिमेन्ट उत्पादक सङ्घले सरकारको पछिल्लो निर्णयलाई स्वागत गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय