नामी ईभी अब मात्र ५.९९ लाख रुपैँया  डाउन पेमेन्टमा

नामी ईभी अब मात्र ५.९९ लाख रुपैँया  डाउन पेमेन्टमा

बिहिवार, चैत १४ २०८१
बिहिवार, चैत १४ २०८१
  • नामी ईभी अब मात्र ५.९९ लाख रुपैँया  डाउन पेमेन्टमा

    काठमाडौं/  नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लु बृद्धिले एक विशेष फाइनान्सिङ अफरका साथ ईभी खरिदलाई थप पहुँचयोग्य  बनाएको कम्पनीले जनाएको छ । 

    images
    images

    ईभिको माग बढेसँगै नामीले ग्राहकहरूलाई थप सुविधा र सहज सवारी साधन खरिद अनुभव प्रदान गर्नका लागि फाइनान्सिङको सजिलो विकल्प प्रदान गरेको हो।  

    यो पेमेन्ट स्कीमबाट ग्राहकहरूले अब मात्र २० प्रतिशत डाउनपेमेन्ट गरि डोङफेङ नामीका ईभीहरू किन्न  सकिने जनाएको छ ।


    नामी ईभी मोडेलहरूको लागि डाउनपेमेन्ट मूल्य ५.९९ लाख रुपैयाँमा तय गरिएको छ। 

    यसले ग्राहकहरूलाई कुनै पनि क्यापिटल अपफ्रन्ट बिना पूर्ण रूपमा प्रिमियम गुणस्तरको ईभी खरिद गर्न सहज बनाउने कम्पनीको दाबी छ । 

    जसले गर्दा अब यो ईभी ठूलो सङ्ख्याका ग्राहकहरूले सजिलै किन्न सक्नेगरि उपलब्ध  भनेको छ । 

    सरल र सजिलो खरिद प्रक्रिया पूरा गर्न नामीले ८० प्रतिशतसम्म फाइनान्सिङ गर्दछ जसले गर्दा ग्राहकहरूले विश्वसनीय फाइनान्सियल पार्टनरहरू मार्फत आफ्नो गाडीको लागतको ठूलो हिस्सा फाइनान्सिङ गर्न सक्नेछन्। 

    यसले ग्राहकहरूलाई समयसँगै आफ्ना पेमेन्टहरू फैलाउन मद्दत गर्दछ। योसँगै, ४८ घण्टामा लोन अप्रुभल गरिन्छ जसले गर्दा खरिद अनुभव अझ आनन्द र सजिलो हुन्छ।

    फाइनान्सिङको यस अवसरको बारेमा थप जानकारीको लागि इच्छुक ग्राहकहरूले नजिकैको नामी शोरूम भिजिट गर्न  सक्ने कम्पनीले भनेको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय