कुमारी बैंकद्वारा ग्लोबल मनि विकको अवसरमा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम

कुमारी बैंकद्वारा ग्लोबल मनि विकको अवसरमा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम

बिहिवार, चैत ७ २०८१
बिहिवार, चैत ७ २०८१
  • कुमारी बैंकद्वारा ग्लोबल मनि विकको अवसरमा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम

    काठमाडौँ / कुमारी बैंक लिमिटेडले ग्लोबल मनि विक २०२५ को अवसरमा सबै प्रदेशका विभिन्न स्थानहरूमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ ।

    images
    images

     ग्लोबल मनि विक २०२५ को 'Think before you follow, wise money tomorrow' भन्ने विषयवस्तुलाई आत्मसाथ गर्दै, बैंकले देशभर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ । 

    डिजिटल वित्तीय सेवाहरूको बढ्दो प्रयोग, Finfluencers (Financial Influencers' को प्रभाव, र Artificial Intelligence (AI) को प्रवेशले सर्वसाधारण, विषेशगरि युवाहरूलाई सही वित्तीय जानकारी छनोट गर्न चुनौतीपूर्ण बनाइरहेको सन्दर्भमा, बैंकले सचेत र जिम्मेवार वित्तीय निर्णय लिन सहयोग पु-याउने उद्देश्य राखेको छ । 

    कार्यक्रम अन्तर्गत, सहभागीहरूलाई बैंकिङ्ग प्रणाली, डिजिटल भुक्तानी, कर्जाको उचित व्यवस्थापन तथा दीर्घकालीन वित्तीय योजनाबारे विस्तृत जानकारी प्रदान गरिँदैछ । 

    यस अभियानमार्फत, कुमारी बैंकले युवाहरूलाई आर्थिक रूपमा सबल बनाउन, जिम्मेवार वित्तीय निर्णय लिन र समग्र वित्तीय स्थायित्व कायम गर्न महत्वपूर्ण योगदान दिने अपेक्षा गरेको छ । कुमारी बैंकले भविष्यमा पनि यस्ता सचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाएको छ ।

    विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले अनवरतरूपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरू मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय