लक्ष्मी सनराइज बैंकको अगुवाईमा बन्ने भयो १८० मेगावाटको कालीगण्डकी गर्ज जलविद्युत आयोजना, लगानी कति ?

लक्ष्मी सनराइज बैंकको अगुवाईमा बन्ने भयो १८० मेगावाटको कालीगण्डकी गर्ज जलविद्युत आयोजना, लगानी कति ?

शुक्रवार, फागुन २३ २०८१
शुक्रवार, फागुन २३ २०८१
  • लक्ष्मी सनराइज बैंकको अगुवाईमा बन्ने भयो १८० मेगावाटको कालीगण्डकी गर्ज जलविद्युत आयोजना, लगानी कति ?

    काठमाडौँ / लक्ष्मी सनराइज बैंक लिमिटेडको अगुवाईमा १८० मेगावाटको कालीगण्डकी गर्ज जलविद्युत आयोजना बन्ने भएको छ । फागुन २२ गते लक्ष्मी सनराइज बैंकको अगुवाईमा सहवित्तीयकरणमा सहभागी बैंकहरू र कालीगण्डकी गर्ज हाइड्रोपावरबिच लगानी सम्झौता भएको हो । 

    images
    images

    कालीगण्डकी गर्ज हाइड्रोपावर कम्पनीले मुस्ताङ्ग तथा म्याग्दी जिल्लामा अवस्थित कालीगण्डकी नदीमा निर्माण गर्ने १८० मे.वा. क्षमताको कालीगण्डकी गर्ज जलविद्युत आयोजनामा निर्माण हुने भएको छ  । 

    सो आयोजनाको कुल लागत ३९ अर्ब ५० करोड २४ लाख रुपैयाँ रहेको छ । यो सहकार्यले नेपालको नविकरणीय उर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्नेछ । 

    कालीगण्डकी गर्ज जलविद्युत आयोजनाले फागुण २७, २०७५ मा विद्युत विकास विभागबाट विद्युत उत्पादनको अनुमति लिनुका साथै फागुण १७, २०७९ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेको छ । 

    सो कम्पनीको मुख्य प्रवद्र्धकको रुपमा संघई ग्रुप, विशाल ग्रुप तथा ज्ञानेन्द्र लाल प्रधान रहेका छन् । 

    सो परियोजना निमार्णको लागि लक्ष्मी सन्राइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरूले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएका छन् भने बाँकी २५ प्रतिशत रकम सो कम्पनीका संस्थापक तथा सर्वसाधारणबाट लगानी हुनेछ । 

    लक्ष्मी सनराइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिवद्धता ९ अर्ब रुपैयाँ रहेको छ भने सह–अगुवा बैंकहरूको रूपमा रहेका ग्लोबल आइएमइ बैंकको ७ अर्ब १२ करोड ६० लाख रुपैयाँ र सिद्धार्थ बैंकको ५ अर्ब रुपैयाँ रहेको छ । 

    अन्य सहभागी बैंकहरु हिमालयन बैंकको ३ अर्ब रुपैयाँ, नेपाल एस.बि.आइ. बैंकको ३ अर्ब रुपैयाँ र एभरेष्ट बैंकको २ अर्ब ५० करोड रुपैयाँ समेत गरी कूल प्रोजेक्ट फाइनान्स २९ अर्ब ६२ करोड ६० लाख रुपैयाँ रहेको छ ।

    सो आयोजना जुन २०२९ भित्र निर्माण सम्पन्न भई विद्युत उत्पादन भए पश्चात वार्षिक करिब १०५६ गिगावाट आवर इनर्जी विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुको साथै ठुलो स्वतन्त्र उर्जा उत्पादक मध्य एकको रूपमा रहने छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय