श्रम मन्त्रालय घुस सङ्कलन गर्ने अड्डा बन्यो : डीपी अर्याल

श्रम मन्त्रालय घुस सङ्कलन गर्ने अड्डा बन्यो : डीपी अर्याल

शुक्रवार, फागुन २३ २०८१
शुक्रवार, फागुन २३ २०८१
  • images
    images
    श्रम मन्त्रालय घुस सङ्कलन गर्ने अड्डा बन्यो : डीपी अर्याल
    images
    images

    काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डीपी अर्यालले श्रम मन्त्रालय श्रमिकहरुसँग घुस सङ्कलन गर्ने अड्डा बनेको आरोप लगाएका छन् ।

    शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, “प्रत्येक दिन ताहाचल कार्यालयमा करिब ७५ लाख घुस असुली भइरहेको छ । मन्त्री र डीजीलाई जानकारी गराउँदासमेत पनि बेखबर छन् । अब मन्त्रालय घुसको अड्डा बनेको हो,” उनको प्रश्न थियो । 

    ‘देशमा रोजगार नपाएर हरेक दिन युवाहरू विदेशिन परेको समाचार अब नयाँ रहेन । हामीसँग श्रम मन्त्रालय छ । मन्त्रालयको उद्देश्य र काम भनेको रोजगार सिर्जना, युवाहरुलाई देशमा बस्ने वातावरण बनाउने हुनुपर्ने हो । तर मन्त्रालयलाई कहिले बिचौलियाले चलाएको आरोप छ त ट्रेड युनियनका सदस्यहरूलाई विदेश घुमाएको आरोप छ,” उनले भने,“अहिले आएर भविष्य यहाँ नदेखेर विदेश जान बाध्य श्रमिकहरूसँग घुस सङ्कलन गर्ने अड्डा बनेको सर्बत्र बजारमा जानकारी छ । प्रत्येक दिन ताहाचल कार्यालयमा करिब ७५ लाख घुस असुली भइरहेको मन्त्री र डीजीलाई जानकारी गराउँदा समेत पनि बेखबर हुनु भनेको अब मन्त्रालय घुसको अड्डा बनिरहेको छ । सरकारको गम्भिर ध्यानाकर्षण होस्” , उनले भने । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com