कुमारी बैंकका ग्राहकहरूलाई सूर्यविनायक मिसन हस्पिटलमा विशेष छुट

कुमारी बैंकका ग्राहकहरूलाई सूर्यविनायक मिसन हस्पिटलमा विशेष छुट

सोमवार, फागुन ५ २०८१
सोमवार, फागुन ५ २०८१
  • कुमारी बैंकका ग्राहकहरूलाई सूर्यविनायक मिसन हस्पिटलमा विशेष छुट

    काठमाडौँ / कुमारी बैंक लिमिटेड र सूर्यविनायक–१०, मिलनचोक, भक्तपुर, स्थित सूर्यविनायक मिसन हस्पिटल प्रा.लि.बिच सम्झौता भएको छ । 

    images
    images

    सम्झौता अनुसार सूर्यविनायक मिसन हस्पिटलमा कुमारी बैंकका ग्राहकहरूलाई हस्पिटलबाट प्रदान गरिने विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

    उक्त सम्झौता बमोजिम सूर्यविनायक मिसन हस्पिटलबाट प्रदान गरिंदै आएका सेवाहरुमा ग्राहकहरूलाई प्रयोगशाला परीक्षण, एक्स–रे, युसिजी तथा ओपिडी टिकटमा २० प्रतिशत छुट र औषधिमा १० प्रतिशत छुट दिने सम्बन्धमा सम्झौता भएको छ । 

    विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ्ग ईकाईहरूमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय