ठूलो अण्डा प्रतिक्रेटको मूल्य ४ सय रुपैयाँ तोकियो, अवैध आयात नियन्त्रणका लागि गृहमन्त्रीसँग आग्रह

ठूलो अण्डा प्रतिक्रेटको मूल्य ४ सय रुपैयाँ तोकियो, अवैध आयात नियन्त्रणका लागि गृहमन्त्रीसँग आग्रह

बुधवार, माघ ३० २०८१
बुधवार, माघ ३० २०८१
  • images
    images
    ठूलो अण्डा प्रतिक्रेटको मूल्य ४ सय रुपैयाँ तोकियो, अवैध आयात नियन्त्रणका लागि गृहमन्त्रीसँग आग्रह
    images
    images

    काठमाडौँ / नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको बिक्री मूल्य निर्धारण गरेको छ। संघको माघ २८ गते बसेको बैठकले अण्डाको नयाँ मूल्य निर्धारण गरेको हो । 

    नयाँ समर्थन मूल्यअनुसार मध्यम अण्डा प्रतिक्रेटको मूल्य ३८५ रुपैयाँ निर्धारण गरिएको छ। ठूलो अण्डा प्रतिक्रेटको मूल्य ४००  रुपैयाँ तोकिएको छ। 

    चितवनलाई आधार मानी मूल्य निर्धारण गरिएको नेपाल लेयर्स कुखुरापालक संघका सचिव मदन पोखरेलले जानकारी दिए । 

    चितवनबाट लोड भई देशैभर अण्डा बिक्री डिपोमा पुर्‍याउँदा भाडा, कार्टुन र क्रेटसहित अण्डाको मूल्य प्रतिक्रेट १४० रुपैयाँ थप लाग्ने संघको भनाइ छ।

    यसैगरी संघले भारतीय नाकाहरूबाट अवैध रूपमा कुखुरा, अण्डा, चल्ला र तयारी मासु भित्रिएको भन्दै नियन्त्रणका लागि गृहमन्त्री रमेश लेखकलाई आग्रह गरेको छ । 

    अवैध आयातलाई नियन्त्रण गर्न आवश्यक सहयोग र सीमा नाकाका जिल्लाहरूमा कडा निर्देशन दिन संघले मन्त्री लेखकलाई आग्रह गरेको हो । 

    नेपाल कुखुरा व्यवसायी मन्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेको नेतृत्वमा नेपाल ह्याचरी उद्योग संघ केन्द्रीय समितिका बरिष्ठ उपाध्यक्ष राजेन्द्र लामिछाने नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष बिनोद पोखरेल, उपाध्यक्षसुनिल कुमार शाक्य, महासचिव  भेषराज अर्याल, सचिव  मदन चिरन्जीवि पोखरेल, कोषाध्यक्ष प्रकाश चापागाई सदस्यहरू सन्जीव खनाल,  अमोद खनाल, सञ्चार सल्लाहकार नारायणप्रसाद अधिकारीलगायतका प्रतिनिधि मण्डलले मन्त्री लेखकलाई भेट गरेका थिए । 

    गृहमन्त्री लेखकको निर्देशनमा देशैभरीका भारतीय सीमा नाकाहरूको अनुगमन गर्ने तयारी गरिएको छ संघले जनाएको छ।

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com