कुमारी बैंकका ग्राहकहरूलाई अप्टिक आइजमा ओपीडी टिकटदेखि सनग्लासहरूसम्ममा विशेष छुट

कुमारी बैंकका ग्राहकहरूलाई अप्टिक आइजमा ओपीडी टिकटदेखि सनग्लासहरूसम्ममा विशेष छुट

सोमवार, माघ २८ २०८१
सोमवार, माघ २८ २०८१
  • कुमारी बैंकका ग्राहकहरूलाई अप्टिक आइजमा ओपीडी टिकटदेखि सनग्लासहरूसम्ममा विशेष छुट

    कुमारी बैंक लिमिटेडका ग्राहकहरूले अप्टिक आइज, चाबहिलमा विशेष छुट पाउने भएका छन् । कम्पनीले कुमारी बैंकका ग्राहकहरूलाई अप्टिक आइजबाट प्रदान गरिने विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने हो । 

    images
    images

    उक्त सम्झौता बमोजिम अप्टिक आइजबाट प्रदान गरिदैँ आएका सेवाहरूमा ग्राहकहरूलाई फ्रेम र सनग्लासहरूमा १५ प्रतिशत, आँखा जाँचको ओपीडी टिकटमा १० प्रतिशत, ब्रान्डेड फ्रेममा १० प्रतिशत, ब्रान्डेड लेन्स, कन्ट्याक्ट लेन्स, पे्रस्क्रिप्शन लेन्स, प्रोग्रेसिभ लेन्स, कन्ट्याक्ट लेन्स सोलुसनमा ५ प्रतिशत छुट र चश्माको सामान्य मर्मत तथा परामर्श नि स्शुल्क गरिने सम्बन्धमा सम्झौता भएको छ ।

    विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले अनवरतरूपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ्ग ईकाईहरूमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय