भूकम्पका कारण चीनमा ३६ जनाको मृत्यु, सीमाना जोडिएको सोलुखुम्बुमा क्षतिको विवरण सङ्कलन हुँदै

भूकम्पका कारण चीनमा ३६ जनाको मृत्यु, सीमाना जोडिएको सोलुखुम्बुमा क्षतिको विवरण सङ्कलन हुँदै

मंगलवार, पुस २३ २०८१
मंगलवार, पुस २३ २०८१
  • भूकम्पका कारण चीनमा ३६ जनाको मृत्यु, सीमाना जोडिएको सोलुखुम्बुमा क्षतिको विवरण सङ्कलन हुँदै

    नेपाल-चीन सीमा क्षेत्रमा गएको शक्तिशाली भूकम्पका कारण चीनमा कम्तिमा ३६ जनाको मृत्यु भएको छ । चीनको सरकारी टेलिभिजन च्यानल सीजीटीएनले सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै ३६ जनाको मृत्यु भएको जनाएको हो। 

    images
    images

    मङ्लबार बिहान नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर ७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो । शक्तिशाली भूकम्पको धक्का नेपालको पूर्वी क्षेत्र हुँदै काठमाडौँ उपत्यकासम्म महसुस भएको थियो।

    भूकम्पको काठमाडौँ उपत्यकासहित आसपास, तराई एवं पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङलगायतका जिल्लामा महसुस गरिएको थियो ।

    सोलुखुम्बुमा क्षतिको विवरण सङ्कलन 

    चीनको तिब्बतसँग सीमाना जोडिएको सोलुखुम्बुमा गएको शक्तिशाली भूकम्पबाट भएको क्षतिको विवरण सङ्कलन थालिएको छ । प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले भने, “अहिलेसम्म भूकम्पबाट भएको क्षतिको यकिन जानकारी आइसकेको छैन, तर हामी बुझ्ने प्रयास गरिरहेका छौँ, हाम्रा सुरक्षा निकाय र विपद् व्यवस्थापनको टोली विवरण सङ्कलनमा सक्रिय भइसकेका छन् भने स्थानीय स्थानीय पालिकाका जनप्रतिनिधिसँग पनि समन्वय गरिरहेका छौँ ।”

    उनले तिब्बतको सिमाना जोडिएको जिल्लाको खुम्बु क्षेत्रमा भूकम्पको क्षतिको पुर्याएको अनुमान गरेको बताए । खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले भूकम्पबाट लबुचे आसपासमा क्षति गराएको हुनसक्ने जानकारी दिए ।

    “लबुचेमा केही क्षति भयो कि भन्ने लागेर त्यहाँ हाम्रो टोली खटिएको छ, पुग्न केही समय लाग्न सक्छ तर टेलिफोन सम्पर्क कमजोर भएकाले विवरण सङ्कलनमा समस्या भएको छ”, उनले भने । 

    भूकम्पको धक्का महसुस भएपछि जिल्ला सदरमुकाम सल्लेरीवासी घरबाहिर निस्किएका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय