राष्ट्र बैंकले ७० अर्ब निक्षेप सङ्कलन गर्ने, बैंक तथा वित्तीय संस्था मात्रै सहभागी हुन पाउने

राष्ट्र बैंकले ७० अर्ब निक्षेप सङ्कलन गर्ने, बैंक तथा वित्तीय संस्था मात्रै सहभागी हुन पाउने

आइतवार, पुस १४ २०८१
आइतवार, पुस १४ २०८१
  • राष्ट्र बैंकले ७० अर्ब निक्षेप सङ्कलन गर्ने, बैंक तथा वित्तीय संस्था मात्रै सहभागी हुन पाउने

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान गरेको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले पुस १४ गते दिउँसो २ बजेसम्म बोलकबोल गर्न सकिने जानकारी दिएको छ ।

    images
    images

    यस निक्षेप सङ्कलनको उपकरणको नाम ‘निक्षेप सङ्कलन’ राखिएको छ । आव्हान रकम ७० अर्ब रुपैयाँ रहेको छ भने निक्षेपको अवधि २१ दिनको हुनेछ । बोलकबोल र निष्काशन मिति दुवै २०८१ पुस १४ मा तोकिएको छ । साँवा र ब्याज भुक्तानी भने २०८१ माघ ६ मा हुनेछ ।

    बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आव्हान रकमसम्म बोल गर्न सकिनेछ । बोलकबोल प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र भाग लिन पाउने व्यवस्था गरिएको छ ।

    बोलकबोल ब्याजदरमा आधारित हुनेछ, जसमा न्यूनतम ब्याजदरलाई प्राथमिकता दिँदै बाँडफाँड गरिनेछ । बोलपत्र स्वीकृत भएमा सम्बन्धित बैंकको नेपाल राष्ट्र बैंक खाता खर्च गरी रकम लिने व्यवस्था हुनेछ ।

    निक्षेप रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न नपाइने प्रावधान छ । तर, निर्देशनअनुसारको अन्य मौज्दातमा भने यो रकम गणना गर्न सकिनेछ ।

    बोलकबोल प्रक्रियाबारे विस्तृत जानकारी आवश्यकपरे राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागमा सम्पर्क गर्न सकिने जानकारी पनि दिइएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय