काठमाडौँ आइपुगे भारतका चर्चित गायक सोनु निगम, आजै कन्सर्टमा प्रस्तुति दिने

काठमाडौँ आइपुगे भारतका चर्चित गायक सोनु निगम, आजै कन्सर्टमा प्रस्तुति दिने

बुधवार, पुस १० २०८१
बुधवार, पुस १० २०८१
  • images
    images
    काठमाडौँ आइपुगे भारतका चर्चित गायक सोनु निगम, आजै कन्सर्टमा प्रस्तुति दिने
    images
    images

    काठमाडौँ / भारतका चर्चित गायक सोनु निगम बुधबार नेपाल आइपुगेका छन् । क्रिसमस अवसरमा आज बेलुका आयोजना हुने कन्सर्टमा सांगीतक प्रस्तुति दिनसोनु निगम अपरान्ह काठमाडौँ आइपुगेका हुन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई आयोजक नेपाल टचका पदाधिकारीले स्वागत गरे ।  प्रशस्तै हिट नेपाली पनि गाइसकेका निगमले बेलुका हायात रिजेन्सीको मैदानमा हुने कन्सर्टमा प्रस्तुति दिनेछन् । उनले ३ घण्टा आफ्ना हिट गीतमार्फत दर्शकलाई मनोरञ्जन दिने आयोजकले जनाएको छ ।

    झण्डै १० हजार दर्शक निगमको कन्सर्टमा सहभागी हुने अपेक्षा गरिएको छ । उनले फिल्म ‘सिमाना’को चर्चित गीत ‘उकाली ओराली गर्दै’ लगायतका आधादर्जन नेपाली गीत पनि गाउनेछन् ।

    निगम बिहीबार बेलुका भारत फर्किने तयारी छ । त्यसअघि उनले पशुपतिनाथ दर्शन र पर्वतीय उडान भर्नेछन् । गायक निगमले स्वर दिएको ‘यो जिन्दगीले’, ‘उकाली ओराली गर्दै’, ‘फुलको डाली डालीमा’, ‘यो मायाले हेरन’ लगायत गीत नेपालीमाझ लोकप्रिय छन् । 

    यस्तै, हिन्दी भाषामा ‘मेरे ढोलाना सुन’, ‘कल होना हो’, ‘साथिया’, ‘पापा मेरी जान’, ‘अभि मुझ मे कही’लगायत गीत लोकप्रिय छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com