ठूला चुनौतिहरू जित्दै नेपाली बैंकिङ क्षेत्र सुरक्षित छ : गर्भनर अधिकारी

ठूला चुनौतिहरू जित्दै नेपाली बैंकिङ क्षेत्र सुरक्षित छ : गर्भनर अधिकारी

बिहिवार, पुस ४ २०८१
बिहिवार, पुस ४ २०८१
  • ठूला चुनौतिहरू जित्दै नेपाली बैंकिङ क्षेत्र सुरक्षित छ : गर्भनर अधिकारी

    काठमाडौँ / नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपाली बैंकिङ क्षेत्रले ठूला चुनौतिहरू जित्दै गएको बताएका छन् । बुधबार नेपाल बैंकर्स संघको वार्षिक साधारणसभामा बोल्दै अधिकारीले बैंकिङ प्रणालीलाई सुरक्षित बनाउन बैंकरहरूको सहयोग महत्त्वपूर्ण रहेको बताएका हुन् ।

    images
    images

    उनले भने, “जस्तोसुकै अवस्थामा पनि बैंकिङ क्षेत्र रिजिलियन्ट बनेर सुरक्षित भएको हो, कोरोनालगायत विश्वव्यापी समस्यामा पनि बैंकिङ क्षेत्र खरो बनेर उभिएको कारण नै आज हामी सुरक्षित छौँ ।” 

    साथै गर्भनर अधिकारीले पछिल्लो समय पूँजी राम्रो भए पनि निष्क्रिय कर्जा बढिरहेको बताए । उनले कयौँ उतारचढाव र चुनौतीका बाबजुद नेपालमा बैंकिङ क्षेत्र स्थिर रहेको दावी गरे ।

    उनले भने, “ऋणको साँवा–ब्याज उठ्न गाह्रो भइरहेको छ । यद्यपि, प्रोभिजन बलियो भएकाले बैंकलाई सुरक्षित बनाउन मद्दत पुगेको छ । प्रोभिजनले आत्तिने स्थिति सिर्जना हुनबाट बचाएको छ , भूकम्प, कोरोना महामारी जस्ता चुनौती भोग्नु प-यो, तर राष्ट्र बैंकले बैंकिङ क्षेत्रलाई सुरक्षित राख्न काम गरिरहेको छ । यस्ता कयौँ कठिन परिस्थितिमा पनि कुनै ठूलो क्षति हुन दिएनौँ ।”’

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय