राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्ने, अनलाइन बिडिङ प्रणालीमार्फत आवेदन आह्वान

राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्ने, अनलाइन बिडिङ प्रणालीमार्फत आवेदन आह्वान

निक्षेप सङ्कलन कार्यक्रमले बजारमा तरलता व्यवस्थापन गर्न सहयोग पुग्ने

आइतवार, मंसिर १६ २०८१
आइतवार, मंसिर १६ २०८१
  • राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्ने, अनलाइन बिडिङ प्रणालीमार्फत आवेदन आह्वान

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले ५० अर्बको रुपैयाँको निक्षेप सङ्कलनका लागि सूचना जारी गरेको छ । बैंकले यस कार्यका लागि अनलाइन बिडिङ प्रणालीमार्फत आवेदन आह्वान गरेको हो ।

    images
    images

    बैंकका अनुसार ५० अर्ब रुपैयाँ बराबरको रकम सङ्कलन गर्नका लागि ‘लगानीका साधन (डेपोजिट कलेक्सन)’ कार्यक्रमको व्यवस्था गरिएको छ ।

    यसमा आवेदन दिन चाहने वित्तीय संस्थाहरूले २०८१ मंसिर १६ गतेदेखि अनलाइन माध्यमबाट सहभागिता जनाउन सक्नेछन् । कार्यक्रम अन्तर्गत बैंकहरूले तोकिएको मापदण्डमा रही सहभागिता जनाउनुपर्नेछ ।

    बिडिङ प्रक्रियामा समावेश हुन चाहने बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकको वेबसाइटमार्फत आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने सूचनामा उल्लेख छ ।

    निक्षेप सङ्कलन कार्यक्रमले बजारमा तरलता व्यवस्थापन गर्न सहयोग पुग्ने बैंकले विश्वास व्यक्त गरेको छ ।

    आइतबार दिउँसो २ बजेबाट अनलाइन बिडिङ प्रणालीबाट घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष
    भाग जाने गरी कुल आव्हान रकमसम्म बोल गर्न सकिने सूचनामा उल्लेख छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय