जीवराम भट्टराईको कथासङ्ग्रह ‘अभिशप्त कुइनेटाहरू’ लोकार्पण

जीवराम भट्टराईको कथासङ्ग्रह ‘अभिशप्त कुइनेटाहरू’ लोकार्पण

सोमवार, मंसिर ३ २०८१
सोमवार, मंसिर ३ २०८१
  • images
    images
    जीवराम भट्टराईको कथासङ्ग्रह ‘अभिशप्त कुइनेटाहरू’ लोकार्पण
    images
    images

    काठमाडौँ / नेपाल स्रष्टा समाजको आयोजनामा शनिबार कथाकार जीवराज भट्टराईको कथा सङ्ग्रह ‘अभिशप्त कुइनेटाहरू’ लोकार्पण भएको छ । 

    कृतिलाई वरिष्ठ साहित्यकार एवं साहित्यिक पत्रकारद्वय नगेन्द्रराज शर्मा, रोचक घिमिरे, श्रष्टा समाजका अध्यक्ष वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’, प्रा.डा. महेशकुमार आचार्य, वरिष्ठ साहित्यकार पवन आलोक, प्रा.डा. गोविन्दप्रसाद पौडेल, डा. दिनबन्धु शर्मा, कृतिकार जीवराज भट्टराईलगायतले लोकार्पण गरे ।

    वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले अघिल्लो कृति पढेको आधारमा कथाहरू उत्कृष्ट भएको अनुमान गर्न कठिन नहुने बताए ।

    वरिष्ठ साहित्यकार रोचक घिमिरेले पठनीय कृतिको निम्ति कथाकारलाई बधाई दिँदै साहित्यका क्षेत्रमा देखिएका विकृतिहरू चिर्नुपर्ने औँल्याए। समालोचक डा. शान्तिमाया गिरी र प्रा. डा. गोविन्दप्रसाद पौडेलले कथासङ्ग्रहमाथि टिप्पणी गरे ।

    स्रष्टा समाजका अध्यक्ष तथा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले कृति प्रकाशनको अवसर दिएकोमा भट्टराईलाई धन्यवाद दिँदै नयाँ कृतिको लागि बधाई ज्ञापन गरे । 

    उनले साहित्यिक क्षेत्रमा देखिएका विकृति विसंगति विरुद्ध सबै लाग्नुपर्ने खाँचो औँल्याए । स्रष्टा जीवराज भट्टराईको कृति सफलताको निम्ति प्रा.डा.महेशकुमार आचार्य तथा डा. दीनबन्धु शर्माले शुभकामना मन्तब्य राखे ।

    कार्यक्रमको स्वागत समाजका सचिव प्रकाश घायल तथा सञ्चालन उपाध्यक्ष डा।सदानन्द कडेलले गरेका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com