माछापुच्छ्रे क्यापिटलको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न,  यी प्रस्ताव पारित

माछापुच्छ्रे क्यापिटलको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न,  यी प्रस्ताव पारित

मंगलवार, कार्तिक १३ २०८१
मंगलवार, कार्तिक १३ २०८१
  • images
    images
    माछापुच्छ्रे क्यापिटलको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न,  यी प्रस्ताव पारित
    images
    images

    काठमाडौँ / माछापुच्छ्रे क्यापिटल लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

    सञ्चालक समितिका अध्यक्ष विश्वम्भर न्यौपानेको सभापतित्व तथा मुख्य कम्पनी माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाको प्रमुख आतिथ्यमा साधारण सभा मंगलबार सम्पन्न भएको हो ।

    आज सम्पन्न यस साधारण सभाबाट सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आ.व.२०८०र८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वित्तीय विवरणहरु, आ.व. २०८१र८२ का लागि लेखापरिक्षकको नियुक्ती लगायतका प्रस्तावहरु पारित भएका छन् ।

    कम्पनीको पाँचौँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न सक्रिय भूमिका निर्वाह गर्ने शेयरधनीहरु प्रति कम्पनीका अध्यक्ष तथा यस सभाका सभापतिले धन्यवाद व्यक्त गरेका थिए । 

    हाल कम्पनीले नेपाल धितोपत्र बोर्डबाट २०८१ असोज १६ गते सामूहिक लगानी कोषको कोष व्यवस्थापक तथा डिपोजिटरीको इजाजत प्राप्त गरि २०८१ असोज २१ गते योजना समेत दर्ता गरि स्वीकृतिको प्रक्रियार्थ रहेको उनले जानकारी गराए ।

    यसका साथै, कम्पनीले आगामी दिनमा पुँजी बजारको विकासमा अझ बढि टेवा पुग्ने गरी कार्य गर्ने कुरामा विश्वास व्यक्त गरे । यसका साथै, कम्पनीको प्रगतिका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपले मार्ग दर्शन गर्ने तथा योगदान दिने मुख्य कम्पनी माछापुच्छ्रे वैंक लि।, नियमक निकायहरु, लेखापरीक्षकहरु, सेवाग्राही, कानूनविद्, संचारकर्मीहरु, विभिन्न सम्बद्ध संस्थाहरु, शेयरधनीहरु तथा कम्पनीका कर्मचारीहरु सबैलाई धन्यबाद व्यक्त गरे ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com