अमेरिकी व्यवसायीलाई अध्यक्ष ढकालको आग्रह - नेपालमा लगानी गर्नुहोस्, सहजीकरणमा महासंघले सघाउँछ

अमेरिकी व्यवसायीलाई अध्यक्ष ढकालको आग्रह - नेपालमा लगानी गर्नुहोस्, सहजीकरणमा महासंघले सघाउँछ

शुक्रवार, कार्तिक ९ २०८१
शुक्रवार, कार्तिक ९ २०८१
  • images
    images
    अमेरिकी व्यवसायीलाई अध्यक्ष ढकालको आग्रह - नेपालमा लगानी गर्नुहोस्, सहजीकरणमा महासंघले सघाउँछ
    images
    images

    काठमाडौँ / नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाली र विदेशी बजार समेतलाई हेरेर नेपालमा लगानी गर्न आग्रह गरेका छन् । 

    अमेरिकाको वासिंगटनमा युएस चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रममा उनले नेपाल विदेशी लगानीकर्ताका लागि आकर्षक गन्तव्य बन्ने बताउदै यस्तो आग्रह गरेका हुन् । 

    अध्यक्ष ढकालले सो कार्यक्रममा पछिल्लो तीन दशकमा भएको बजार वृद्धि, भारतलगायत बिकसित मुलुकमा प्राप्त भन्साररहित पहुँच एवं उर्जा खरिद बिक्री सम्झौतालगायतका कारण विदेशी लगानीकर्ताका लागि नेपाल आकर्षक गन्तव्य भएको बताएका छन् ।  

    साथै, उनले नेपालमा उत्पादन गरी यहाँको बजारसँगै विश्व बजारमा बिक्री गर्न सकिने सम्भावनातर्फ लगानीकर्ताको ध्यानाकर्षण गराए । 

    यसैगरी, भारतसँग भएको दश हजार मेगावाट बिजुली खरिद सम्झौता र हालै बंगलादेशसँगको समझदारीले जलविद्युतमा अपार सम्भावना देखिएको जानकारी पनि अमेरिकी लगानीकर्ताहरूलाई दिए । 

    नेपालको प्रकृति र संस्कृतिको मिश्रणले पर्यटकहरूलाई आकर्षित गर्ने बताउँदै पर्यटन पूर्वाधारमा लगानी गर्न पनि अध्यक्ष ढकालले आव्हान गरे । 

    संसारको सबैभन्दा बढी जनसंख्या रहेको भारतीय सिमाबाट औसत दुई घण्टाको दुरीमा शीतल र स्वस्थ वातावरणसहितको हिलस्टेसन बिकास गर्न सकिने सम्भावना उनले लगानीकर्ताहरूलाई देखाए । 

    लगानी सहजीकरणका लागि महासंघले एफडिआइ हेल्प डेस्क स्थापना गरेको जानकारी दिँदै अध्यक्ष ढकालले आवश्यक सहजीकरण गर्नेबारे लगानीकर्तालाई आश्वस्त पारे । महासंघले एफडिआइ हेल्पडेस्कमार्फत सहजीकरण गरिरहेको छ । 

    नेपालमा पर्याप्त विदेशी मुद्राको सञ्चिति रहेको बताउँदै अध्यक्ष ढकालले लगानीको जोखिम न्युन हुँदै गएको बताए । साथै, सरकारले कानुन सुधार र द्विपक्षीय लगानी सम्झौताको खाका तयार पारेको पनि उनले जानकारी गराए । 

    अध्यक्ष ढकाल विश्व बैंकको बार्षिक वैठकमा सहभागी हुने क्रममा वासिंगटनमा छन् । यसअघि उनले अन्तराष्ट्रिय वित्त निगमका उच्च अधिकारीहरूसँग पनि भेटघाट गरेका छन् ।  

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com