ई-कमर्स ईसुगनले सुरु गर्यो सेवा, विद्युतीय सामाग्रीको मूख्य गन्तव्य

ई-कमर्स ईसुगनले सुरु गर्यो सेवा, विद्युतीय सामाग्रीको मूख्य गन्तव्य

बुधवार, साउन ३० २०८१
बुधवार, साउन ३० २०८१
  • images
    images
    ई-कमर्स ईसुगनले सुरु गर्यो सेवा, विद्युतीय सामाग्रीको मूख्य गन्तव्य
    images
    images

    काठमाडौँ / इलेक्ट्रोनिक सामानहरूको प्रमुख ई–कमर्स प्लेटफर्मका रूपमा ईसगुन डटकम (esagun.com) ले आफ्नो सेवा सुरु गरेको छ । नेपाली उपभोक्तालाई मध्यनजर गर्दै विभिन्न शीर्ष ब्रान्डको उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू उपलब्ध गराउने लक्ष्यसहित ईसगुन सुरु भएको हो ।

    आफ्नो सेवा सुरु गरेको औपचारिक घोषणा गर्दै इलेक्ट्रोनिक्स सामाग्रीहरुमा नविनतम प्रविधिको खोजी गर्ने प्रविधी प्रेमीहरूको विश्वासनीय गन्तव्य बन्ने लक्ष्य राखेको छ । 

    यस्तै, ती उपभोक्ताको प्राथमिक गन्तव्य बन्ने लक्ष्य समेत राखेको कम्पनीले जानकारी दिएको छ ।

    ईसगुनमा इयबड्स, स्मार्ट वाच, स्मार्ट फोनको कभर, चार्जर, लाईभ भिडियो शूट लगायत ईलेक्ट्रोनिक्स उपकरणहरू पाइन्छ । ईसगुनका सजेश बाडे भन्छन्, ‘नेपालको ई-कमर्स क्षेत्रमा esagun.com ले एक महत्वपूर्ण कोशेढुंगा पार गरेको सूचना प्रवाह गर्न पाउँदा हामी एकदमै उत्साहित छौं ।’ 

    उनले ग्राहकहरूको गुणस्तरिय ईलेक्ट्रोनिक्सका सामाग्री तथा तीनका एक्सेसरिज सम्बन्धी सम्पूर्ण अपेक्षाहरू मात्र पूरा गर्नुका साथै सन्तुष्टी समेत सुनिश्चित गर्ने बताए ।

    ‘हामी सरल, सहज र प्रभावकारी किनमेल अनुभव प्रदान गर्न र नेपालमा इलेक्ट्रोनिक सामानहरूको गुणस्तरमा उत्कृष्टता ल्याउन प्रतिबद्ध छौं,’ उनले भने । प्रमुख कार्यकारी अधिकृत बाडेले नेपालमा इलेक्ट्रोनिक्स सामाग्री तथा तीनका एक्सेसरिजको अनलाइन किनमेल अनुभवलाई परिष्कृत गर्न कम्पनी तयार रहेको बताए ।

    ‘असाधारण सुविधा र गुणस्तर प्रदान गर्ने उद्धेश्यसहित यस प्लेटफर्मको सुरुवातले बजारमा ठूलो प्रभाव पार्ने कुरामा हामी निश्चित छौं,’ उनले भने ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com