चाँदी आयातको सीमा बढ्यो, अब १ लाख अमेरिकी डलरसम्मको खरिद गर्न सक्ने

चाँदी आयातको सीमा बढ्यो, अब १ लाख अमेरिकी डलरसम्मको खरिद गर्न सक्ने

शुक्रवार, साउन १८ २०८१
शुक्रवार, साउन १८ २०८१
  • images
    images
    चाँदी आयातको सीमा बढ्यो, अब १ लाख अमेरिकी डलरसम्मको खरिद गर्न सक्ने
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले व्यवसायीलाई बैंकबाट चाँदी खरिद गर्दा १ किलोको कोटा हटाएको छ । सुनचाँदीको कारोबारमा संलग्न व्यवसायीले गरगहना, हस्तकला लगायतका सामान बनाउन आफूलाई आवश्यक पर्ने चाँदी बैंकहरूबाट १ लाख अमेरिकी डलर मूल्यसम्मको चाँदी खरिद गर्न सक्ने भएका हुन् ।

    व्यवसायी आफैंले चाँदी आयात गर्दा दिने सटही सुविधा समेत बढेको छ । एक पटमा ६० हजार अमेरिकी डलर वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सटही सुविधा प्रदान हुँदै आएकोमा त्यसको सीमा बढाएको हो ।

    अब सुनचाँदी व्यवसाय गर्ने उद्योगले चाँदीका गरगहना, कलात्मक वस्तु, भाँडाकुँडा आदि बनाउन औद्योगिक कच्चा पदार्थको रूपमा आफ्नै प्रयोजनका लागि चाँदी आयात गर्दा बैंकहरूले प्रति पटक तीन लाख अमेरिकी डलर वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सक्नेछन् ।

    अन्य सुनचाँदी व्यवसायीले चाँदी आयात गर्दा प्रति पटक एक लाख अमेरिकी डलर वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

    चाँदीको गरगहना/कलात्मक वस्तु आदि निकासी गर्ने चाँदी व्यवसायीलाई चाँदी आयातमा भुक्तानी सीमा लागु हुने छैन ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com