राष्ट्र बैंकले हटायो संस्थागत शेयर लगानीकर्तालाई कर्जाको सीमा

राष्ट्र बैंकले हटायो संस्थागत शेयर लगानीकर्तालाई कर्जाको सीमा

यसअघि संस्थागत शेयर लगानीकर्ता २० करोड रुपैयाँ र व्यक्तिगतका हकमा १५ करोड रुपैयाँ शेयर लोन लिन पाइने व्यवस्था थियो।

शुक्रवार, साउन १८ २०८१
शुक्रवार, साउन १८ २०८१
  • images
    images
    राष्ट्र बैंकले हटायो संस्थागत शेयर लगानीकर्तालाई कर्जाको सीमा
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले शेयर बजारका संस्थागत लगानीकर्ताका लागि कर्जाको सीमा हटाएको छ।

    केन्द्रीय बैंकले आज बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै संस्थागत शेयर लगानीकर्ताका लागि कर्जाको सीमा हटाएको हो। 

    चालु आर्थिक वर्षको मौद्रिक नीतिमा संस्थागत शेयर लगानीकर्ताका लागि कायम कर्जाको सीमा हटाइएको थियो। सोही व्यवस्थालाई कार्यान्वयन गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

    यसअघि संस्थागत शेयर लगानीकर्ता २० करोड रुपैयाँ र व्यक्तिगतका हकमा १५ करोड रुपैयाँ शेयर लोन लिन पाइने व्यवस्था थियो। 

    अब कुनै एक वा सबै वित्तीय संस्थाबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा १५ करोड कायम गरिएको छ। तर, धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताका लागिमात्र यस्तो सीमा लागू नहुने व्यवस्था संशोधित निर्देशनमा गरिएको छ।

    यसअघि राष्ट्र बैंकले गत साउन १७ गते संशोधित एकीकृत निर्देशन जारी गरेको थियो। त्यतिबेला केन्द्रीय बैंकले मौद्रिक नीतिमा ल्याइएको संस्थागत लगानीकर्तालाई कर्जाको सीमा खारेज गर्ने व्यवस्थालाई संशोधित निर्देशनमा ल्याएको थिएन।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com