लक्ष्मी सनराइज बैंकको ८३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउने

लक्ष्मी सनराइज बैंकको ८३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउने

मंगलवार, असार २५ २०८१
मंगलवार, असार २५ २०८१
  • images
    images
    लक्ष्मी सनराइज बैंकको ८३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउने
    images
    images

    काठमाडौँ / लक्ष्मी सनराइज बैंक लिमिटेडले एकैपटक ८२ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

    बैंकले मंगलबार एक सूचना जारी गर्दै विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको ८२ लाख ९७ हजार ५ सय ६५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको जनाएको हो ।

    बैंकका विद्यमान संस्थापक सेयरधनीका लागि बिक्रीमा ल्याइएको उक्त सेयर खरिद गर्न इच्छुक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र त्यससम्बन्धी विवरण खुलाई हात्तिसारमा रहेको बैंकको मुख्य कार्यालयमा आवेदन दिन सक्नेछन् ।

    तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीबाट सेयर खरिद गर्ने कुनै लिखित जानकारी नआएमा प्रचलित कानुनबमोजिम उक्त सेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने बैंकले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com