तरलता व्यवस्थापन गर्न पुनः ३५ अर्ब तान्दै राष्ट्र बैंक, बोलकबोल आजै हुने

तरलता व्यवस्थापन गर्न पुनः ३५ अर्ब तान्दै राष्ट्र बैंक, बोलकबोल आजै हुने

बिहिवार, जेठ ३१ २०८१
बिहिवार, जेठ ३१ २०८१
  • तरलता व्यवस्थापन गर्न पुनः ३५ अर्ब तान्दै राष्ट्र बैंक, बोलकबोल आजै हुने

    काठमाडौँ / बैंकिङ प्रणालीमा थुप्रिएको तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज फेरि ३५ अर्ब रुपैयाँ खिच्ने भएको छ।

    images
    images

    निक्षेप बढेसँगै बैंक तथा वित्तीय संस्थाको अन्तरबैंक ब्याजदर लामो समयदेखि ३ प्रतिशतभन्दा तल रहेको छ। अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल रहँदा राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण प्रयोग गर्नुपर्ने हुन्छ।

    राष्ट्र बैंकले जेठ लागेयता यो १० औँपटक बैंकिङ प्रणालीबाट पैसा तान्न लागेको हो। आज केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट एकैदिन ३५ अर्ब रुपैयाँ तान्न लागेको छ। यसका लागि आज अपराह्न ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।

    निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। यो १४ दिने निक्षेप संकलन उपकरणको असार १३ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

    यसअघि बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले गत जेठ २५ गते ३० अर्ब रुपैयाँ, जेठ २४ गते ४० अर्ब रुपैयाँ, जेठ १८ गते २५ अर्ब रुपैयाँ, जेठ १७ गते ५० अर्ब रुपैयाँ, जेठ ११ गते ३५ अर्ब रुपैयाँ, जेठ ७ गते १० अर्ब रुपैयाँ, जेठ ४ गते ३५ अर्ब रुपैयाँ, जेठ ३ गते ५० अर्ब रुपैयाँ र जेठ १ गते १० अर्ब रुपैयाँ खिचेको थियो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय