लगातार चौथो दिन पनि घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

लगातार चौथो दिन पनि घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

शुक्रवार, जेठ ११ २०८१
शुक्रवार, जेठ ११ २०८१
  • images
    images
    लगातार चौथो दिन पनि घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
    images
    images

    काठमाडौँ / साताको अन्तिम कारोबारको दिन अर्थात् आज शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ।

    सोमबार उच्च मूल्यमा पुगेर गत मंगलबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको हो।

    मंगलबार प्रतितोला एक हजार दुई सय रूपैयाँ, बुधबार प्रतितोला एक सय रूपैयाँ, बिहीबार प्रतितोला एक हजार आठ सय रूपैयाँ र शुक्रबार पनि प्रतितोला एक हजार आठ सय रूपैयाँ गरी यो चार दिनमा सुनको मूल्य प्रतितोला चार हजार नौ सय रूपैयाँ घटेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार दुई सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। 

    बिहीबार छापावाल सुन प्रतितोला एक लाख ३८ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ५० रूपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला १८ सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १८ सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com