बाग्लुङबाट पोखरा आउँदै गरेको बस भोटे क्याम्पमा दुर्घटना, १९ जना घाइते

बाग्लुङबाट पोखरा आउँदै गरेको बस भोटे क्याम्पमा दुर्घटना, १९ जना घाइते

शनिवार, बैशाख १५ २०८१
शनिवार, बैशाख १५ २०८१
  • images
    images
    बाग्लुङबाट पोखरा आउँदै गरेको बस भोटे क्याम्पमा दुर्घटना, १९ जना घाइते
    images
    images

    कास्की / बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा महानगरपालिका–२५ हेमजाको भोटे क्याम्पमा दुर्घटना भएको छ । 

    ग१ख ९२९७ नम्बरको बस मध्यपहाडी राजमार्गमा सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा १९ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त शर्माले जानकारी दिनुभयो । बसमा ३६ जना यात्रु सवार रहेको प्रहरीको भनाइ छ । 

    घाइतेलाई पोखराका विभिन्न अस्पतालमा उपचारका लागि लगिएको र  दुर्घटनाको थप विवरण आउन बाँकी रहेको शर्माले जानकारी दिए । 

    “घाइतेलाई उद्धार गरी पोखराका विभिन्न अस्पतालमा पुर्याइएको छ । चालकलाई प्रहरीको नियन्त्रणमा लिएका छौँ, थप विवरण आउन बाँकी छ”, शर्माले भने । 

    तनहुँबाट रिजर्भका लागि बागलुङ गएको बस पोखरा हुँदै तनहुँ फर्किने क्रममा साँझ ७ः३० बजेतिर दुर्घटनामा परेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com