लक्ष्मी सनराइज बैंकको काठमाडौं उपत्यकाभित्र २ वटा शाखा स्थानान्तरण

लक्ष्मी सनराइज बैंकको काठमाडौं उपत्यकाभित्र २ वटा शाखा स्थानान्तरण

बिहिवार, बैशाख १३ २०८१
बिहिवार, बैशाख १३ २०८१
  • images
    images
    लक्ष्मी सनराइज बैंकको काठमाडौं उपत्यकाभित्र २ वटा शाखा स्थानान्तरण
    images
    images

    काठमाडौं / लक्ष्मी सन्राइज बैंकले काठमाडौं उपत्यकाभित्रका आफ्नो २ वटा शाखाहरु स्थानान्तरण गरेको छ ।

    काठमाडौं महानगरपालिकाको महाराजगन्जस्थित २ शाखामध्ये १ शाखा अब भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिकाको वडा न. २, बालकोटमा स्थानान्तरण गरिएको छ । 

    त्यसैगरी काठमाडौं महानगरपालिकाको पेप्सिकोलामा अवस्थित २ मध्ये १ शाखा अब भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिकाको वडा न. ८,बोडेमा स्थानान्तरण भएको छ ।

    स्थानान्तरण गरिएका साविकका महराजगन्ज र पेप्सिकोला शाखाका ग्राहकहरुले सोही क्षेत्रमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्ने छन्। 

    स्थानान्तरण भएसँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकमाझ बैंकिङ सेवाको पहुँच अझ सहज अनि व्यापक बनाउने विश्वास राखेको छ ।

    हाल लक्ष्मी लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५८ शाखा, ३२१ एटीएम, २८ एक्सटेन्सन काउन्टर र १३२ शाखारहित बैंकिङ एजेन्ट रहेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com