धादिङ बस दुर्घटनाका मृत्यु भएका सात जना कोको हुन् ? नामावलीसहित

धादिङ बस दुर्घटनाका मृत्यु भएका सात जना कोको हुन् ? नामावलीसहित

बुधवार, फागुन २३ २०८०
बुधवार, फागुन २३ २०८०
  • images
    images
    धादिङ बस दुर्घटनाका मृत्यु भएका सात जना कोको हुन् ? नामावलीसहित
    images
    images

    मलेखु (धादिङ) / पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनाका मृतक सबैको सनाखत भएको छ ।

    कपिलवस्तुको भैरहवाबाट काठमाडौँ आउँदै गरेको लु२ख २१२१ नम्बरको बस बुधबार एकाबिहानै दुर्घटनामा परेको थियो ।

    जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार मृत्यु हुनेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–२ का रुवी श्रेष्ठ, काठमाडौँको चन्द्रागिरि नगरपालिका–१० का ५५ वर्षीय बेखा पुटुवर, कपिलवस्तुका महेन्द्र चौधरी, रुपन्देहीका जोगिन्दर यादव, रामकिशोर जैसवाल, नासिर अलि र सराजुद्दीन मुसलमान रहेका छन् ।

    आफन्त र परिवारसँग सम्पर्क गरी मृतकको यकिन गरिएको प्रहरी नायब उपरीक्षक जैसवारले बताए । 
    प्रहरीका अनुसार सो बसमा रहेका नर्मदा सुवेदी, विराज गैरे र प्रकाश पाठक हराइरहेका छन् । उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ३९ जना घाइते छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com