राष्ट्र बैंकले भन्यो– सर्वसाधारण आत्तिनुपर्ने अवस्था छैन बैंकिङ क्षेत्र पूर्ण रुपमा सुरक्षित छ, ढुक्कसँग कारोबार गर्नुस्

राष्ट्र बैंकले भन्यो– सर्वसाधारण आत्तिनुपर्ने अवस्था छैन बैंकिङ क्षेत्र पूर्ण रुपमा सुरक्षित छ, ढुक्कसँग कारोबार गर्नुस्

मंगलवार, फागुन ८ २०८०
मंगलवार, फागुन ८ २०८०
  • images
    images
    राष्ट्र बैंकले भन्यो– सर्वसाधारण आत्तिनुपर्ने अवस्था छैन बैंकिङ क्षेत्र पूर्ण रुपमा सुरक्षित छ, ढुक्कसँग कारोबार गर्नुस्
    images
    images

    काठमाडौँ / केही दिन यता राष्ट्रिय स्तरको वाणिज्य बैंकमाथि भइरहेको चौतर्फी प्रहारको मुद्दामा नेपाल राष्ट्र बैंकले ध्यानाकर्षण भएको जनाएको छ । 

    मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी यस बैंकको प्रत्यक्ष नियामकीय तथा सुपरिवेक्षकीय दायरामा रहेका बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा हाल केही व्यक्ति(समूहले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति राष्ट्र बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 

    ‘बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको र यस बैंकले बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकोले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको ब्यहोरा अनुरोध छ । बैंकिङजस्तो संवेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्न दुष्प्रचार गर्ने कार्यको पछाडि नलागी सम्बद्ध लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई ढुक्कसँग नियमित रूपमा बैंकिङ कारोबार गर्न नेपाल राष्ट्र बैंक हार्दिक अनुरोध गर्दछ,’ केन्द्रीय बैंकले विज्ञप्ति मार्फत सम्पूर्णमा आग्रह गरेको छ । 

    साथै, बैक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेको बताउँदै राष्ट्र बैंकले सर्वसाधारणको निक्षेप पूर्ण रुपमा सुरक्षित रहेको दावी गरेको छ । बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणको निक्षेप परिचालन गर्ने हुँदा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिँदा र निरीक्षण–सुपरिवेक्षण गर्दा समेत सर्वसाधारणको निक्षेपको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै आएको पनि जानकारी गराएको छ ।

    यस्तो छ नेपाल राष्ट्र बैंकले जारी गरेको विज्ञप्ति

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com