खोले साग बिक्रीबाट महतोको दम्पती गर्छन् मनग्ये आम्दानी, कस्तो स्थानमा गर्न सकिन्छ खेती ?

खोले साग बिक्रीबाट महतोको दम्पती गर्छन् मनग्ये आम्दानी, कस्तो स्थानमा गर्न सकिन्छ खेती ?

आइतवार, फागुन ६ २०८०
आइतवार, फागुन ६ २०८०
  • खोले साग बिक्रीबाट महतोको दम्पती गर्छन् मनग्ये आम्दानी, कस्तो स्थानमा गर्न सकिन्छ खेती ?

    कृषक लक्ष्मी महतोको दम्पतीले अहिले खोले सागखेती गर्दछन् ।  खोले साग खेतीबाट राम्रो आम्दानी गरेको उनको अनुभव छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–७ मा दुई वर्षदेखि व्यावसायिक खोले साग अर्थात पालुङ्गे सागखेती गरेका महतो दम्पतीले वार्षिक रु तीन लाख रुपैयाँ बढी आम्दानी गरेको बताउँछन् । 

    images
    images


    पछिल्लो समय जिल्लाको सदरमुकाम कावासोती बजारलगायतका स्थानमा पालुङ्गे सागको राम्रो कारोबार हुने गरेको छ । यस वर्ष स्थानीय किसानले जिल्लाबाहिर बुटवल, नारायणगढलगायतका बजारमा समेत यो सागको राम्रो निर्यात गरेका छन् । 


    सात कट्ठा क्षेत्रफलमा लगाइएको पालुङ्गे सागले मङ्सिरदेखि चैतसम्म राम्रो आम्दानी दिने कृषक लक्ष्मीले बताए ।

    केही वर्षअघिसम्म चैतेधान लगाउने गरेकामा विगत दुई वर्षदेखि पालुङ्गे साग लगाउन थालेको उनले बताए ।  “चैतेधानभन्दा यो साग लगाएपछि फाइदा भयो, यसमा सामान्य जैविक मल प्रयोग गर्छौँ अरू केही गर्नु पर्दैन”, उनले भने, “ चैतेधानभन्दा यो सागखेतीले जीविकोपार्जनमा राहत पुर्याएको छ ।”

    महतो दम्पतीले साग बिक्री गरेर याम अनुसार तीन महिनामा नै रु तीन लाखसम्म आम्दानी गर्न सफल भएका छन् । 

    माघमा मात्र पहिलो लट काटिएको सागबाट रु ८० हजारभन्दा धेरै आम्दानी गरिसकेको लक्ष्मीले बताए । 

    मङ्सिरमा लगाएको पालुङ्गे साग चैतसम्म उत्पादन हुने गर्दछ । खोलामा खेर गइरहेको पालुङ्गे सागलाई पहिलोपटक दुई वर्षअघि बिक्रीका लागि बजार लैजाँदा ग्राहकाले मन पराएपछि यसैलाई व्यावसायिक खेती गरेको उनले बताए । 

    “यो सागलाई उपभोक्ताले अत्यधिकरूपमा मन पराएर दैनिकरूपमा माग बढ्दै गएको छ”, उनले भने, “पालुङ्गे सागको माग फागुन–चैतमा अझै धेरे हुने गर्दछ ।” गर्मी मौसममा अन्य साग उत्पादन कमै हुने भएकाले पनि पालुङ्गे सागको माग अझ बढ्ने गरेको छ । एकपटक काटिसकेपछि पनि निरन्तर उम्रिने भएकाले लगानी र मेहनत कम पर्ने भएकाले किसानले यसबाट राम्रो फाइदा लिन थालेका हुन् । पूर्णरूपमा अग्र्यानिक हुने र जुनसुकै प्रकारका बिरामीले पनि खान मिल्ने भएकाले बजारमा यसको माग बढ्दो रहेको किसान लीला थारूले बताए । 

    “यसमा कुनै रासायनिक मल प्रयोग हुँदैन । मल विषादि प्रयोग नगरिने हुँदा यो पूर्णरूपमा अग्र्यानिक हुन्छ । यो साग सङ्लो पानी बग्ने स्थानमा हुन्छ”, उनले भनेर 
     खेत, खोला र सिमसार क्षेत्रमा पाइने पालुङ्गे साग अहिले ग्राहकले पनि अत्यधिक रुचाउन थालेका छन् । छिपछिपे पानी बग्ने खोलामा यो साग मौलाउने भएकाले यसलार्ई खोलेसाग पनि भन्ने गरिएको किसान थारूले बताए ।  “कतिपय ठाउँमा यसलाई सिमसाग पनि भन्ने गर्दछन्, यही साग बिक्री वितरणले हामीजस्तै धेरैको रोजीरोटी चलाएको छ”, उनले भने । 

    कस्तो स्थानमा गर्न सकिन्छ खेती ?

    छिप्छिपे पानी बग्ने खोलामा यो साग मौलाउँछ ।  यसकारण पनि यो सागको नाम खोले साग भनिन्छ। कतिपय स्थानमा खोले सागलाई सीम साग र पालुंगे साग पनि भनिन्छ। 

    बजारमा खोले सागको माग बढ्दो छ । स्थानीयले खेर गइरहेको खोला किनारमै खोले सागखेती गर्न थालेका छन्।
    सिजन मा एक एक कठ्ठामा खोले सागखेती गर्दा किसानले ३५ देखि ४० हजार रुपैयाँसम्ममा बेच्न सक्छन् । उपभोक्ता साग किन्न आफैं खोलासम्म पुग्न थालेका छन् । 


    खोले सागको फाइदा केके छन् ? 

    सङगलो पानी बग्ने स्थानमा खोले साग फल्छ। पानी फोहरमैलो र रसायनयुक्त हुन थालेमा भने खोले साग आफै नष्ट भएर हराउँछ । साग खादा कब्जियत, कुपोषण, आँखाको समस्या भएकाहरुको स्वास्थ्यमा प्रत्यक्ष फाइदा पुग्छ । साग रोपेको एक महीना भित्र बेच्न सकिन्छ ।  बिना लगानी खेर गएको क्षेत्रमा समय र जमिनको सदुपयोग गर्न सकिन्छ । हप्ता दिनमै टिप्न सकिने खोले साग किसानको लागि आम्दानीको राम्रो श्रोत बन्न सक्छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय