ट्वाङखोलामा ४६ लाखको लागतमा पुल निर्माण हुँदै, स्थानीय भन्छन्– समयमै सम्पन्न भए वर्षामा आवागमन सहज हुने थियो

ट्वाङखोलामा ४६ लाखको लागतमा पुल निर्माण हुँदै, स्थानीय भन्छन्– समयमै सम्पन्न भए वर्षामा आवागमन सहज हुने थियो

सोमवार, माघ २२ २०८०
सोमवार, माघ २२ २०८०
  • images
    images
    ट्वाङखोलामा ४६ लाखको लागतमा पुल निर्माण हुँदै, स्थानीय भन्छन्– समयमै सम्पन्न भए वर्षामा आवागमन सहज हुने थियो
    images
    images

    तुलसीपुर (दाङ) / दाङको बबई गाउँपालिका–२  ठूलाचौर गाउँका नागरिक वर्षाको समयमा ट्वाङखोलामा आउने भेलले सधै पीडित हुन्थे । वर्षायाममा आवागमन ठप्प हुँदा गाउँमै बस्नुपथ्र्यो तर अब गाउँलेका दुःखका दिन जाने पक्का भएको छ । 

    लुम्बिनी प्रदेश सरकारको रु ४६ लाख लागतमा उक्त खोलामा झोलुङ्गे पुल निर्माण हुन थालेपछि स्थानीय खुसी भएका छन् । आगामी वैशाखमा सक्नेगरी झोलुङ्गे पुल निर्माण सुरु भएको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले बताए । 

    घुरिनडाँडा–ठुलचौर जोड्ने गरी झुलुङ्गे पुल निर्माण सुरु भएको हो । ठूलाचौरमा करिब २० घर छन् । यहाँका करिब ३५ जना विद्यार्थी नियमित उक्त पुलको बाटो भएर विद्यालय जाने गरेका छन् । 

    पुल नहुँदा विद्यार्थीहरु वर्षायाम पढ्नबाट वञ्चित हुन्छन् । “गाउँमा कोही बिरामी परे पनि कसरी अस्पतालसम्म लैजाने भन्ने चिन्ता हुन्छ । वारी विद्यालय, पारी गाउँ छ”, स्थानीय गङ्गाराम विकले भने, “पुल नहुँदा वारीबाट पारी हेर्ने मात्रै हुन्छ, पुग्न सकिदैन ।” पुल बन्ने भएपछि खुसी मिलेको उनको भनाइ थियो ।

    वर्षा याममा खोलाले यहाँको दुई गाउँलाई अलग गराउने स्थानीय बताउँछन् । बबई–२ मा पर्ने ठूलाचौरका नागरिक वर्षामा वारिपारि गर्न सक्दैनन् । 

    “विद्यार्थी पनि वर्षाभरि विद्यालय जान पाउँदैनन् । पानी पर्न थालेपछि विद्यालय जान नसकेर सबै घरमा बस्न बाध्य हुन्छन्”, स्थानीय दिला विश्वकर्माले भने । खोलामा पुल नुहुँदा यसरी वर्षेनी समस्या भोग्नु परेको उनको भनाइ थियो । पुल निर्माण भइरहेको भन्दै समयमै सम्पन्न भए वर्षामा आवागमन सहज हुने उनले बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com