नेपाल ल्यूब आयलको बार्षिक साधारण सभा पुस २५ गते, लाभांश प्रस्ताव पारित गरिने

नेपाल ल्यूब आयलको बार्षिक साधारण सभा पुस २५ गते, लाभांश प्रस्ताव पारित गरिने

बुधवार, पुस ११ २०८०
बुधवार, पुस ११ २०८०
  • images
    images
    नेपाल ल्यूब आयलको बार्षिक साधारण सभा पुस २५ गते, लाभांश प्रस्ताव पारित गरिने
    images
    images

    काठमाडौँ / नेपाल ल्यूब आयल लिमीटेडले बम्पर लाभांश पारित गर्ने अजेण्डासहित आफ्नो वार्षिक साधारण सभा आह्वान गरेको छ। 

    कम्पनीले आगामी पुस २५ गते आफ्नो ३२ औं वार्षिक साधारणसभा आह्वान गरेको हो । ललितपुरको पुल्चोकस्थित याक प्यालेसमा सो दिन बिहान ११ः३० बजे साधारणसभा आह्वान गरिएको हो । 

    सभामा गत वर्षका नाफाबाट चुक्तापूँजीको २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित)को अजेण्डामाथि छलफल भई पारित हुनेछ । 

    आर्थिक वर्षको २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन लगायतमाथि छलफल भई पारित गर्ने लगायतका नियमित अजेण्डाहरु समेत राखिएका छन् । 

    बोनस सेयर वितरणपछि कायम हुने चुक्तापूँजी, जारी पूँजी र अधिकृत पूँजी बढाउने प्रस्ताव समेत छलफलपछि पारित गर्ने अजेण्डा राखिएको छ । 

    कम्पनीले साधारणसभा प्रयोजनका लागि पुस १० गतेदेखि नै बुक क्लोज गरिसकेको छ । यसको अर्थ पुस ९ गतेसम्म सेयरधनी कायम भएकाहरुले मात्र कम्पनीबाट घोषित बम्पर लाभांश पाउन र सभामा सहभागिता जनाउन पाउनेछन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com