मुक्तिनाथ विकास बैंकको बार्षिक साधारण सभा पुस २८ गते, १०.२६ प्रतिशत लाभांशसहित यी प्रस्ताव पारित गरिने

मुक्तिनाथ विकास बैंकको बार्षिक साधारण सभा पुस २८ गते, १०.२६ प्रतिशत लाभांशसहित यी प्रस्ताव पारित गरिने

आइतवार, पुस ८ २०८०
आइतवार, पुस ८ २०८०
  • images
    images
    मुक्तिनाथ विकास बैंकको बार्षिक साधारण सभा पुस २८ गते, १०.२६ प्रतिशत लाभांशसहित यी प्रस्ताव पारित गरिने
    images
    images

    काठमाडौँ / मुक्तिनाथ विकास बैंक लिमिटेडले पुस २८ गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । बैंकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कुल १०.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

    कम्पनीले हाल कायम चुक्तापूँजी ६ अर्ब ४२ करोड ९ हजार रूपैयाँको आधारमा ९ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५१३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

    कम्पनीले यस वर्ष गत वर्षभन्दा कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले १३.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

    प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले सिटी स्वक्वायर, पोखरामा दिनको १ बजे सभा गर्ने निर्णय गरेको हो । 

    सभाले कम्पनी र कम्पनीको सहायक कम्पनी मुक्तिनाथ क्यापिटलको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ । 

    यस वर्षको बोनस वितरण पछि कम्पनीको चुक्तापूँजी ७ अर्ब ४ करोड ६९ लाख ३८ हजार रूपैयाँ कायम हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र संशोधनका लागि सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

    साथै संस्थापक शेयरधनीको तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट दुई जना सञ्चालक निर्वाचनको प्रस्ताव पनि सभाका लागि तय भएको छ । 

    साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १९ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १८ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com