गरिमा विकास बैंकको बार्षिक साधारण सभा पुस २९ गते, लाभांश प्रस्ताव पारित गरिने

गरिमा विकास बैंकको बार्षिक साधारण सभा पुस २९ गते, लाभांश प्रस्ताव पारित गरिने

आइतवार, पुस ८ २०८०
आइतवार, पुस ८ २०८०
  • images
    images
    गरिमा विकास बैंकको बार्षिक साधारण सभा पुस २९ गते, लाभांश प्रस्ताव पारित गरिने
    images
    images

    काठमाडौँ / गरिमा विकास बैंक लिमिटेडले १७ औं वार्षिक साधारण सभा पुस २९ गते गर्ने निर्णय गरेको छ । 

    बैंकको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा होटल पोखरा ग्राण्ड बिरौटा पोखरा कास्कीमा गर्ने निर्णय गरेको हो । सभा बिहान ११ बजे शुरु हुने बैंकले जनाएको छ । 

    सभाले गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । 

    त्यस्तै सभाले १०.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

    त्यस्तै सभाले यस बैंक र अन्य इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ती गर्ने सम्बन्धमा उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु खोज्ने लगायतका आवश्यक सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ । 

    साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १७ गते देखि २९ गते सम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा पुस १६ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com